2026-09-20 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट फाइनल: नेपालले दियो युएईलाई २८१ रनको लक्ष्य

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतककोमद्दतमा निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८० रन बनाउन सफल भयो ।

सुरुवातको १४ रन जोड्दा २ विकेट गुमाईसकेको नेपालका लागि देव खनालले कप्तानी पारी खेल्दै तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६ औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । खेलमा सतक प्रहार गरेका  खनालले ९० बलमा १०० रन पुरा गरे तर थप दुई बल फेस गरेर आउट हुन पुगे ।

जारी प्रतियोगितामा खनालको यो दोस्रो शतक हो । यसअघि उनले समूहगत चरणको इरानविरुद्धको खेलमा पनि एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए । 

जारी प्रतियोगितामा देव खनालनै सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । यसैगरी जारी प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि देव खनालले नै बनाएका छन् । उनले इरानविरुद्ध केवल ५९ बलमा शतक पुरा गरेका थिए । 

यूएईविरुद्धको फाइनल खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अर्धशतक बनाए । उनले टोलीको खातामा ५५ रन थपे । उनले ७८ बलको सामना गरी चार चौका पनि प्रहार गरेका थिए । 

अर्जुनले साउदी अरेबियाविरुद्धको खेलमा पनि एक सय ४३ रन बनाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अर्जुन दोस्रो स्थानमा छन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३० रन बनाएका छन् । 

अर्का ओपनर दीपक बोहरा भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी शून्य रनमै आउट भए । 

नेपालका लागि दीपक प्रसाद डुम्रेले पनि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे । विशालबिक्रम केसी तीनमा आउट भए । हेमन्त धामीले सात र दीपेश कँडेलले अविजित १० रन बनाए । आकाश चन्दले अविजित एक रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पाएको थियो । 

यूएईका बलर हरित सेठ्ठीले पाँच र आयान अफजल खानले दुई विकेट लिए । अमर बदामीले पनि एक विकेट हात पारे । यसअघि सोमबार तेस्रो स्थानका लागि खेलिएको खेलमा जापानले सिंगापुरलाई हराएको थियो । 

यसअघि प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराएको थियो । 

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो