2026-09-20 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप छनोटमा बहराइनविरुद्ध यूएईको सहज जित

कात्तिक १३, काठमाडौँ | यूएईले आइसिसी टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ५ विकेटले हराउँदै यूएईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।    

बहराइनले दिएको १ सय ३६ रनको लक्ष्य यूएईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अलि नासिरले २६ बलमा चार चौका र तीन छक्काको मद्दतले खविजित ४८ रनको योगदान गरे । यस्तै, अलिशान सराफुले २७, आसिफ खानले २३ र कप्तान मोहम्मद वासिमले १२ रन बनाए ।

बहराइनका लागि रिजवान बटले दुई तथा साथैया वीरपाथिरान, अब्दुल माजिद र सचिन कुमारले एक/एक विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।

उसका लागि हैदर बटले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५९ रनमा अविजित रहे । यस्तै, सोहिल अहमदले २८ र जुनैद अजिजले २५ रन बनाए । यूएईका लागि जुनैद सिद्धिकी र आयन अफ्जल खानले दुई/दुई तथा अली नासिर र कार्तिक मैयप्पनले एक/एक विकेट लिए ।

यूएईले अब मंगलबार कुवेत तथा बहराइनले हङकङको सामना गर्ने तालिका छ । यस्तै, आज भएको समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो