2026-11-01 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मोन्टी सरको भरोसामा काम गर्न सकेकोमा खुसी छु: कुशल भुर्तेल

कात्तिक १३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफ्ना प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताएका छन्।

आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्वालिफायरको पहिलो खेलमा सोमबार सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि कुशलले सो प्रतिक्रिया दिएका हुन्।

उनले पछिल्ला खेलमा आफ्नो प्रदर्शन राम्रो हुन नसके पनि प्रशिक्षक देसाई आफूमाथि लगातार विश्वास गरिरहेको पनि उल्लेख गरे।

‘मूल पानीमा पछिल्ला खेलहरू मेरा लागि राम्रो भइरहेको थिएन। मैले राम्रो रन बनाउन सकिरहेको थिएन,’ओपनर कुशलले भने, ‘तर, मोन्टी सरले ममाथि विश्वास गरिराख्नु भयो। त्यो विश्वास अनुरूप गत त्रिकोणात्मक शृङ्खलाको फाइनल र आज केही गर्न सकेँ। त्यसैले खुसी लागेको छ।’

कुशलले सिंगापुरविरुद्ध ७४ रनको अर्धसतक प्रहार गरेका थिए। गत त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स (युएई) सँग ५० रनको अर्धसतकीय इनिङ खेलेका थिए। लगातार अर्धसतक प्रहार गरेका कुशलले डेढ वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग अर्धसतकीय साझेदारी पनि गरेका छन्। ‘आसिफ (शेख) र म पछिल्ला २/३ वर्षदेखि सँगै ओपनिङ गरिरहेका छौं। त्यसैले हामीहरूलाई एकअर्का प्रति राम्रोसँग थाहा छ,’कुशलले भने, ‘पावरप्लेमा कसरी खेल्छौँ भन्ने जानकार छौं। हामीबिच कम्युनिकेसन पनि राम्रो छ। आज डेढ वर्षपछि अर्धसतकीय साझेदारी गर्न सक्यौँ त्यसमा निकै खुसी छौं।’ 

कुशलले नेपालका महत्त्वपूर्ण अलराउन्डर दीपेन्द्रसिंह ऐरीको चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए। ‘बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। उनी चोट बोकेर बाहिरिनु पर्दा धेरै दुःख लागेको छ,’कुशलले भने,‘तर, उनको अवस्थाबारे भने पूर्ण जानकारी छैन।’ उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गरेका छन्। ‘पहिलो खेलमा सबैले राम्रो खेल्यौँ। हामीले हरेक खेल फाइनल जसरी खेल्छौँ,’ कुशलले भने, ‘आगामी खेल पनि त्यही अनुसार खेल्नेछौँ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय