2026-08-23 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप छनोट: नेपाललाई उछिन्दै ओमान ४ अंकसहित अंकतालिकाको शिर्षस्थानमा

कार्तिक १४, काठमाडौँ | टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत मंगलबार भएको समूह ‘ए’को खेलमा ओमानले लगातार दोस्रो जित निकालेको छ।

१७५ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रनमा समेटिएपछि ओमानले २२ रनले खेल जितेको हो।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ रन बनाए। मनप्रित सिंह ३१, अनिश परम २६, अरित्र दत्त १३ र रोहन रङ्गराजनले १२ रन जोडे।

ओमानका बिलाल खान र फयाज बटले समान दुई-दुई विकेट लिँदा साकिल अहमद, जिसान मक्सुद, आकिब इलियास र मोहम्मद नदीमले समान-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ।

ओमानका लागि उपकप्तान आकिब इलियास खानले ६३ रनको अर्धशतकीय पारी खेल्दा प्रतिक अथाभेल ४२, कप्तान जीसान मक्सुद २६ र कश्यम प्रजापतिले १२ रन जोडे।

सिंगापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई–दुई विकेट लिए।

जितसँगै ओमान ४ अंकसहित अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। समूह ए मै रहेको घरेलु टोली नेपाल दुई अंकसहित दोस्रो स्थानमा छ। मलेसिया तेस्रो र सिंगापुर चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो