कार्तिक १४, काठमाडौँ | टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइज पेभेलियन फर्किएका हुन् । सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउटको सिकार बने।सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए।
रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए । उनी आउट हुँदा मलेसियाले सात ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।
सुरुका ६ ओभरमा ६० रन जोडेको मलेसियाले सातौँ ओभरमा ५ रन मात्र थप्न सक्यो। त्यस ओभर सन्दीप लामिछानेको पहिलो ओभर थियो। मलेसियाका प्रारम्भिक ब्याट्सम्यान जुबैदी जुल्कीफल २४ रन जोडेर आउट भए। मलेसियाले ५७ रन जोड्दा अविनाश बोहराले जुल्कीफललाई आउट गरेका हुन्।