५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपबाट नेपाल दुई खेल टाढा

१५ कार्तिक २०८०, बुधबार ०६:५४

कार्तिक १५, काठमाडौँ | अर्को वर्ष जुनमा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्न लागेको ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुग्न नेपाल केवल दुई खेल टाढा रहेको छ। छनोटको आधार रहेको आईसीसी ट्वान्टी–२० विश्वकपको एसियामा लगातार दुई खेल जितेपछि नेपाल विश्वकपतर्फ नजिकिएको हो। 


नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। नेपालको यो लगातार दोस्रो जित हो। नेपालले पहिलो खेलमा आइतबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। समूह ‘ए’ बाट नेपाल जस्तै ओमानले पनि लगातार दुई खेल जितेर एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

नेपालले बिहीबार ओमानसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। यो खेल जित्ने टोलीले समूह विजेताका रूपमा सेमिफाइनल खेल्नेछ। समूह ‘बी’ मा यूएईले लगातार दुई खेल जितेको छ भने बहराइन र हङकङले १–१ खेल जितेका छन्। पहिलो दुई खेल हारेको कुवेत पनि सेमिफाइनल दौडबाट बाहिरिएको छैन।

नेपालले समूह ‘बी’ को टोलीसँग सेमिफाइनल खेल्नेछ। आईसीसी ट्वान्टी–२० विश्वकपको एसिया क्षेत्रबाट फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्ने प्रावधान छ। नेपालले सन् २०१४ मा बंगलादेशमा एक पटकमात्र विश्वकपमा खेलेको थियो। त्यसयता नेपाल छनोट हुन असफल रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता