२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हार्दिकले श्रीलंकाविरुद्धको खेल पनि गुमाउने

२०८०, १५ कार्तिक बुधबार ०९:२७

कार्तिक १५, काठमाडौँ | भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या श्रीलंकाविरुद्धको खेलमा टोलीमा समावेश गरिएका छैनन् । श्रीलंका र भारतबिचको खेल बिहीबार (२ नोभेम्बर) हुनेछ । यो खेल मुम्बईमा हुनेछ । 

भारतीय टोली अहिलेसम्म प्रतियोगितामा अपराजित छ । हार्दिक पाण्ड्या टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । जब उनी टोलीमा हुन्छन्, ब्याटिङ र बलिङ दुवै मोर्चामा थप बल प्राप्त हुन्छ। पछिल्लो दुई खेलमा उनी प्लेइङ इलेभेनमा छैनन् । 


पुणेमा बंगलादेशविरुद्ध बलिङ गर्दा आफ्नो ओभरको तेस्रो बलमा लिटन दासको स्ट्रेट ड्राइभ रोक्न खोज्दा उनको खुट्टामा चोट लागेको थियो। त्यसयता हार्दिक पाण्ड्या बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा उपचार गराइरहेका छन् ।

बंगलादेशविरुद्धको खेलमा चोट लाग्नुअघि हार्दिक पाण्ड्याले यो विश्वकपमा तीन खेल खेलेका थिए भने पाँच विकेट पनि लिएका थिए । तर न्युजिल्यान्ड र इंग्ल्याण्ड विरुद्धको महत्त्वपूर्ण खेलमा पाण्ड्या टोलीको हिस्सा बन्न सकेनन् ।

भारत सेमिफाइनल पुग्ने लगभग निश्चित भइसकेकाले नकआउट खेलका लागि पाण्ड्या पूर्ण रूपमा फिट भएर फर्किउन् भन्ने टोली व्यवस्थापन चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी