2026-09-21 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टि-२० विश्वकपमा, फाइनलमा ओमानसँग खेल्ने

कात्तिक १८, काठमाडौँ । टि-२० विश्वकपको छनौट खेलमा युएईलाई पराजित गर्दै नेपाल १० बर्षपछि टि-२० विश्वकपमा प्रवेश गरेको छ । साथै जारी खेलको फाइनलमा समेत प्रवेश गरेको छ । फाइनलमा आइतबार नेपालले ओमानसँग खेल्नेछ । 

शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो । तात्कालिन अवस्थामा नेपाली टोली बंगलादेशमा आयोजित विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

शुक्रबार काठमाडौँको टियु ग्राउण्डमा भएको छनोट खेलबाट ओमान पनि बहराइनलाई १० विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको छ ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे । नेपालले १७.१ ओभरमै युएईले दिएको लक्ष्य २ विकेट मात्रको क्षेतिमा पुरा गर्न सफल भयो । 

यस अघि युएईलाई १३५ रन मात्र बनाउन दिँदा वृत्य अरविन्दले सर्वाधिक ६४ बनाए । उनले ५१ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए । उनी यूएईको सातौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनलाई कुशल मल्लले गल्सन झाद्वारा क्याच गराएका थिए । 

त्यस्तै कप्तान मोहम्मद वासिमले २६ रन बनाएर आउट भए । उनले दुई छक्का र तीन चौका हिर्काएका थिए । टोलीको खातामा आसिफ खानले १३ रन थपे । एलिसन सराफुले १६ रन जोडे । 

नेपाली टोलीका बलर कुशल मल्लले तीन विकेट लिए । उनले तीन ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले दुई विकेट हात पारे । स्पिनर लामिछानेले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । सोमपाल कामी र अविनाष बोहराले पनि एक—एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो