2026-09-21 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो पटक टी-२० विश्वकपमा नेपाल: विश्वकपको ढाँचा २०१४ को भन्दा अहिले धेरै फरक

कार्तिक १७, काठमाडौं | नेपालले १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाएको छ । आज भएको विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको टिकट काट्न सफल भएको हो ।

नेपालले यसअघि बंगलादेशमा सन् २०१४ भएको टी-२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टीममा छन् ।

त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइसकेको छ । त्यसबेला नेपालको मुख्य अस्त्र बलिङ थियो भने ब्याटिङ हाम्रो कमजोरी थियो । अहिले ब्याटिङ हाम्रो मुख्य अस्त्र बनेको छ भने बलिङ सहायक । नेपालको ब्याटिङले बलिया टीमहरुलाई पनि तर्साउने क्षमता राख्छ ।

विश्वकपको ढाँचा पनि २०१४ को भन्दा यो पालि धेरै फरक हुनेछ । सन् २०१४ मा फुल मेम्बर टीम र एसोसिएट टीमबीच स्पष्ट विभाजन रेखा कोरिएको थियो । विश्वकपमा स्थान बनाए पनि ८ वटा टीमले सीधै ठूला टीमहरुसँग प्रतिस्पर्धा गर्न पाउँदैनथे ।

पहिलो राउन्डमा ८ वटा ‘कमजोर’ टीमबीच प्रतिस्पर्धा गराइएको थियो । त्यसमा उत्कृष्ट दुई टीमले सुपर १० मा प्रवेश पाउँथे । आईसीसी वरियताको टप ८ मा रहेका टीमहरु भने सीधै सुपर १० मा पुर्‍याइएका थिए ।

त्यसबेला पहिलो राउन्डमा नेपालसहित बंगलादेश, जिम्बावे, अफगानिस्तान, नेदरल्यान्ड्स, आयरल्यान्ड्स, यूएई र हङकङले प्रतिस्पर्धा गरेका थिए । नेपालको समूहमा बंगलादेश, अफगानिस्तान र हङकङ थिए । नेपालले तिनै टीमसँग खेल्ने अवसर पाएको थियो ।

विश्वकपमा पुगेर पनि नेपालले टेस्ट टीमसँग भिड्न पाएन । नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । तर, बंगलादेशसँग पराजित भएपछि नेपालको यात्रा त्यही समाप्त भयो । त्यसबेला पहिलो चरणबाट बंगलादेश र नेदरल्यान्ड्स सुपर १० मा पुगेका थिए ।

तर, आगामी विश्वकपको ढाँचा भने फरक छ । सन् २०२४ को जून ४ देखि ३० सम्म चल्ने विश्वकपमा २० वटा टीम सहभागी हुनेछन् । सबै टीमलाई समान हैसियतमा चार वटा समूहमा बाँडेर खेलाइनेछ । एउटा समूहमा पाँच टीम हुनेछन् ।

प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टीमले सुपर ८ मा स्थान बनाउनेछन् । यी ८ टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइनेछ । दुवै समूहबाट दुई-दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सन् २०२२ को विश्वकपमा टप ८ मा रहेका टीमहरुले स्वतः अर्को विश्वकप खेल्न पाउनेछन् । यस्तै आयोजक राष्ट्रहरुले पनि छनोट खेल्नु नपर्ने प्रावधान छ । जसअनुसार अमेरिका र वेस्ट इन्डिज पनि स्वतः सहभागी हुनेछन् । यसैगरी आईसीसीको वरियतामा माथिल्लो श्रेणीमा रहेका (सन् २०२२ नोभेम्बर १४  मा) थप २ टीमले पनि क्वालिफायर खेल्नुपर्दैन । यसप्रकार १२ वटा टीम स्वतः टी-२० विश्वकपमा छनोट भइसकेका छन् ।

यसरी स्वतः छनोट भएका १० टीममा अमेरिका, वेस्ट इन्डिज (आयोजक राष्ट्रको हैसियतमा) अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका (अघिल्लो विश्वकपको टप ८ मा रहेका), अफगानिस्तान र बंगलादेश (स्वतः छनोट नभएकामध्ये सन् २०२२ नोभेम्बर १४ मा आईसीसी वरियताको माथिल्लो क्रममा रहेका) छन् ।

बाँकी आठ वटा स्थानका लागि आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता गराइरहेको छ । जसअनुसार अफ्रिका, एसिया र यूरोप छनोटबाट टप २ टीम टी-२० विश्वकपमा पुग्छन् । यूरोप क्वालिफायरबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् । इस्ट एसिया प्रशान्त क्वालिफायरबाट पपुवा न्यूगिनी विश्वकपमा पुगेको छ ।

यस्तै अमेरिका क्वालिफायरबाट क्यानाडा छनोट भएको छ भने एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् । अब अफ्रिका क्वालिफायर नामिबियामा २२ देखि ३० नोभेम्बरसम्म हुँदैछ । त्यो सकिएपछि मात्रै विश्वकपको ड्र हुनेछ ।

प्रत्येक टीमले विश्वकपमा कम्तिमा ४ वटा म्याच खेल्न पाउनेछन् । नेपालले पनि समूह चरणमा ४ वटा म्याच खेल्नेछ, जसमध्ये दुई वटा टेस्ट राष्ट्र हुन सक्छन् ।

टी २० खेल्ने टुंगो लागेका १८ देश

अमेरिका

वेस्ट इन्डिज

अष्ट्रेलिया

इङ्ग्ल्यान्ड

भारत

नेदरल्यान्ड्स

न्यूजिल्यान्ड

पाकिस्तान

साउथ अफ्रिका

श्रीलंका

अफगानिस्तान

बंगलादेश

आयरल्यान्ड

स्कटल्यान्ड

पपुवा न्यूगिनी

क्यानाडा

नेपाल

ओमान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो