४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रचिनको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको विशाल लक्ष्य

१८ कार्तिक २०८०, शनिबार ०९:३८

कार्तिक १८, काठमाडौँ | भारतमा जारी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सङ्घर्षरत न्युजिल्याण्डले पाकिस्तानलाई ४ सय २ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको हो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो । 

न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले ९४ बलमा १५ चौका र १ छक्काको सयोगमा १ सय ८ रन बनाए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् ।


त्यस्तै कप्तान केन विलियमसनले ९५ रन बनाए | शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।

खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ग्लेन फिलिप्सले २५ बलमा ४१ रन बनाए । त्यस्तै मार्क च्यापम्यानले ३९ तथा डेभन कनवेले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि बलर मोहमद वसिमले ३ तथा हसन अली, इफ्तिकार अहमद र ह्यारिस राउफले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता