रोनाल्डोको गोलमा अल नासरको सानदार जीत

Posted on: 05 Nov, 2023

कार्तिक १९, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले लगातार पाँचौँ जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासरले अल खलिजविरुद्ध २–० गोलको सानदार जित  हासिल गरेको हो ।


खेलको २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पोर्चुगिज स्ट्राइकर रोनाल्डोको ९ खेलमा यो ११ औँ लिग गोल हो । दोस्रो हाफको ५६ औँ मिनेटमा एमरिक लापोर्टेले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

यो सिजन पाँचौँ क्लिन सिट राख्न सफल अल नासर १२ खेलमा २८ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । अल हिलाल ३२ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!