ओमानबिरुद्द टस जितेर ब्याटिङ गर्दै नेपाल, नेपालको टिममा एक परिवर्तन

Posted on: 05 Nov, 2023

कात्तिक १९, काठमाडौं | आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।


नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरा खेल्ने भएका छन् ।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!