नेपालले तेस्रो विकेट गुमायो, ३१ रन बनाउँदै आउट भए भुर्तेल

Posted on: 05 Nov, 2023

कात्तिक १९, काठमाडौं | टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका हुन् ।

उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७।१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!