2026-11-01 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी टी-२० विश्वकप छनोट: बेस्ट ब्याटर नेपालका कुशल भुर्तेल, बलरतर्फ ओमानका बिलाल खान

कात्तिक १९, काठमाडौँ | आईसीसी टी-२० विश्वकप छनोटको बेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

११ विकेट लिएका ओमानका बिलाल खान बेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार नेपाललाई हराएर ओमानले उपाधि जितेको थियो । ओमानका अकिब इलियास बेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।

नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरुमा नेपाली खेलाडीहरुको पकड रह्यो । बेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादब, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।

कसले के पाए ?

बेस्ट डेलिभरी- सोमपाल कामी (१० हजार)

क्याच अफ द म्याच- विवेक यादव (१० हजार)

लामो छक्काः करण केसी (१५ हजार)

सट अफ द म्याचः गुल्शन झा (१० हजार)

फास्टेस्ट स्कोररः करण केसी (१५ हजार)

माइलस्टोन अफ द म्याच- गुल्शन झा (१० हजार)

एक्स एजबाट टीमलाई (१० लाख)

बजाजले प्रायोजन गरेको नेपाल्स बेस्ट ट्यालेन्ट र पठाओले प्रायोजन गरेको नेपाली टोलीभित्रको प्लेयर अफ दी सिरिज दुवै गुल्सन झाले प्राप्त गरे । प्लेयर अफ दी सिरिजबापत उनले ५५ हजार ५ सय ५५ र नेपाल्स बेस्ट ट्यालेन्टबापत मोटरसाइकल प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय