४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप छनोटको खेलमा अर्ना बियरको ४१ लाख ७६ हजार खर्च, आज पुरस्कार प्रदान गरिने

२० कार्तिक २०८०, सोमबार ०७:४७

कार्तिक २०, काठमाडौँ | आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम चरणको खेलमा यूएईलाई पन्छाउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

शुक्रबार मूलपानी मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै एक दशकपछि टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

नेपाल सन् २०१४ मा बंगलादेशले आयोजना गरेको टी-२० विश्वकपमा पहिलोपटक छनोट भएको थियो । त्यसयता लामो संघर्षपछि विश्वकपमा छनोट भएको हो । नेपालले विश्वकप छनोट खेल्नुअघि नेपाली खेलाडीलाई हौसला प्रदान गर्न यती व्रूअरीको उत्पादन अर्ना बियरले नगदसहितको पुरस्कार योजना घोषणा गरेको थियो । जसमा प्रत्येक रनदेखि चौका र विकेट लिनेदेखि क्याच समात्नेसम्मलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । अर्नाले समूहचरणको खेलमा खेलाडी केन्द्रीत र सेमिफाइनल तथा फाइनल खेलमा टिम मेम्बर र कोचका साथै सपोर्टिंग स्टाफ़लाई समेत प्रायोजन गरेको थियो ।


अर्नाले समूह चरण र सेमिफाइनल तथा फाइनलमा गरेर कूल ४१ लाख ७६ हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । उसले समूह चरणका तीन खेलहरु ओमान, मलेसिया र सिंगापुरविरुद्धको खेलमा २२ लाख ९९ हजार खर्च भएको जनाएको छ । जसमा सिंगापुरविरुद्धको खेलमा ६ लाख ६४ हजार, ओमानविरुद्धको खेलमा ७ लाख ९१ हजार र मलेसियाविरुद्धको खेलमा ८ लाख ४४ हजार गरेर कूल २२ लाख ९९ हजार खर्च भएको हिसाव सार्वजनिक गरेको छ ।

अर्नाले यूएईविरुद्धको सेमिफाइन र ओमानविरुद्धको फाइनल खेलमा गरेर कूल १८ लाख ७७ हजार खर्च भएको उल्लेख गरेको छ । जसमा यूएईविरुद्ध ८ लाख ९ हजार ५ सय र ओमानविरुद्धको फाइनले खेलमा १० लाख ६७ हजार ५ सय गरेर कूल खर्च १८ लाख ७७ हजार भएको अर्नाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । समूह चरणको २२ लाख ९९ हजार र सेमिफाइनल तथा फाइनलको १८ लाख ७७ हजार गरेर प्रतियोगिताभर कूल ४१ लाख ७६ हजारको विल उठेको अर्नाले जनाएको छ ।

अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको लागि घोषणा गरेको प्रोत्साहन रकम आज सोमबार वितरण गर्ने भएको छ । कम्पनीले आज साँझ ५:३० बजेबाट औपचारिक कार्यक्रम गरेर नेपाल क्रिकेट टिमका खेलाडीलाई घोषणा गरिएको प्रोत्साहन रकम वितरण गर्ने र क्रिकेट टिमका कोच तथा स्टाफलाई सम्मान तथा  मायाको चीनो प्रदान गर्ने जनाएको हो ।

अर्ना बियरले खेलाडीको प्रदर्शनको आधारमा नगद पुरस्कारको घोषणा गरेको थियो । नगद पुरस्कारको हिसाब मिलाउने समर्थलाई पनि अर्नाले गिफ्ट ह्याम्परको घोषणा गरेअको थियो । आजको कार्यक्रममा सो को लागि पनि लक्की ड्र हुने अर्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता