2026-09-21 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप छनोटको खेलमा अर्ना बियरको ४१ लाख ७६ हजार खर्च, आज पुरस्कार प्रदान गरिने

कार्तिक २०, काठमाडौँ | आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम चरणको खेलमा यूएईलाई पन्छाउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

शुक्रबार मूलपानी मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै एक दशकपछि टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

नेपाल सन् २०१४ मा बंगलादेशले आयोजना गरेको टी-२० विश्वकपमा पहिलोपटक छनोट भएको थियो । त्यसयता लामो संघर्षपछि विश्वकपमा छनोट भएको हो । नेपालले विश्वकप छनोट खेल्नुअघि नेपाली खेलाडीलाई हौसला प्रदान गर्न यती व्रूअरीको उत्पादन अर्ना बियरले नगदसहितको पुरस्कार योजना घोषणा गरेको थियो । जसमा प्रत्येक रनदेखि चौका र विकेट लिनेदेखि क्याच समात्नेसम्मलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । अर्नाले समूहचरणको खेलमा खेलाडी केन्द्रीत र सेमिफाइनल तथा फाइनल खेलमा टिम मेम्बर र कोचका साथै सपोर्टिंग स्टाफ़लाई समेत प्रायोजन गरेको थियो ।

अर्नाले समूह चरण र सेमिफाइनल तथा फाइनलमा गरेर कूल ४१ लाख ७६ हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । उसले समूह चरणका तीन खेलहरु ओमान, मलेसिया र सिंगापुरविरुद्धको खेलमा २२ लाख ९९ हजार खर्च भएको जनाएको छ । जसमा सिंगापुरविरुद्धको खेलमा ६ लाख ६४ हजार, ओमानविरुद्धको खेलमा ७ लाख ९१ हजार र मलेसियाविरुद्धको खेलमा ८ लाख ४४ हजार गरेर कूल २२ लाख ९९ हजार खर्च भएको हिसाव सार्वजनिक गरेको छ ।

अर्नाले यूएईविरुद्धको सेमिफाइन र ओमानविरुद्धको फाइनल खेलमा गरेर कूल १८ लाख ७७ हजार खर्च भएको उल्लेख गरेको छ । जसमा यूएईविरुद्ध ८ लाख ९ हजार ५ सय र ओमानविरुद्धको फाइनले खेलमा १० लाख ६७ हजार ५ सय गरेर कूल खर्च १८ लाख ७७ हजार भएको अर्नाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । समूह चरणको २२ लाख ९९ हजार र सेमिफाइनल तथा फाइनलको १८ लाख ७७ हजार गरेर प्रतियोगिताभर कूल ४१ लाख ७६ हजारको विल उठेको अर्नाले जनाएको छ ।

अर्ना बियरले नेपाली क्रिकेट खेलाडीको लागि घोषणा गरेको प्रोत्साहन रकम आज सोमबार वितरण गर्ने भएको छ । कम्पनीले आज साँझ ५:३० बजेबाट औपचारिक कार्यक्रम गरेर नेपाल क्रिकेट टिमका खेलाडीलाई घोषणा गरिएको प्रोत्साहन रकम वितरण गर्ने र क्रिकेट टिमका कोच तथा स्टाफलाई सम्मान तथा  मायाको चीनो प्रदान गर्ने जनाएको हो ।

अर्ना बियरले खेलाडीको प्रदर्शनको आधारमा नगद पुरस्कारको घोषणा गरेको थियो । नगद पुरस्कारको हिसाब मिलाउने समर्थलाई पनि अर्नाले गिफ्ट ह्याम्परको घोषणा गरेअको थियो । आजको कार्यक्रममा सो को लागि पनि लक्की ड्र हुने अर्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो