2026-09-21 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट इतिहासकै अनौठो आउट: ब्याटिङका लागि आएका म्याथ्यूज खेल्दै नखेली कसरी भए आउट?

कार्तिक २०, नयाँ दिल्ली | भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत क्रिकेट इतिहासकै पहिलो तथा अनौठो आउट दिइएको छ ।

नयाँ दिल्लीमा जारी बंगलादेश र श्रीलंकाबीचको खेलका क्रममा क्रिजमा आइसकेका श्रीलंकाका ब्याटर एन्जेलो म्याथ्यूज बल खेल्दै नखेली आउट भएका छन् ।

विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

२४.२ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए ।

तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए ।

त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।

म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।

आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ ।

टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलंकाका अनुभवी अलराउण्डर हुन् ।  उनले श्रीलंकाका लागि २२४ वटा ओडीआई र १०६ वटा टेष्ट खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो