४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१० वर्षपछि विश्वकपमा स्थान बनाएको टोलीलाई क्यानले ५० लाख पुरस्कारसहित सम्मान गर्ने

२१ कार्तिक २०८०, मंगलवार ०६:११

कार्तिक २१, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा १० वर्षपछि स्थान बनाएको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने भएको छ। क्यानको सोमबार बसेको बैठकले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने निर्णय गरेको हो। रोहितकुमार पौडेलको कप्तानीको टोलीका प्रशिक्षकसहित पदाधिकारी पनि यस सम्मानभित्र पर्नेछन्। 


यसै साता त्रिवि र मूलपानीको माथिल्लो मैदानमा भएको टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले फाइनल स्थान सुरक्षित गर्दै सन् २०१४ पछि विश्वकप स्थान पक्का गरेको थियो। गत शुक्रबार मूलपानीमा नेपालले युएईलाई सेमिफाइनलमा आठ विकेटले हराउँदै विश्वकपको टिकट पक्का गरेको थियो। यद्यपि, फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। 

 सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। बंगलादेशमा भएको विश्वकपमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० खेलमा हङकङलाई हराएको थियो। त्यसपछि अफगानिस्तानलाई समेत निराश बनाएको नेपाल बंगलादेशसँग पराजित भयो। रनरेटमा नेपाल समूह चरणमा पुग्न सकेन। 

क्यानले मलेसियामा भएको एसिसी पुरुष यू–१९ प्रिमियर कप च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार नगदसहिद सम्मान गर्ने जनाएको छ। देव खनालको कप्तानीमा रहेको नेपाल वर्षाले प्रभावित फाइनलमा युएईलाई हराउँदै यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको थियो। 

महिला टोलीले हङकङमा सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला टोलीले हङकङमा आयोजना हुने टी–२० शृंखला खेल्ने भएको छ। क्यानले महिला टोलीलाई १५ देखि १९ नोभेम्बरसम्म चार राष्ट्र सहभागी हुने शृंखलामा सहभागी हुन पठाउने निर्णय गरेको हो। शृंखलामा सहभागी टोलीको भने टुंगो लागेको छैन। महिला टोलीले पछिल्लोपटक आइसिसी टी–२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोट खेलेको थियो। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो।  

यसैगरी, क्यानले जाजरकोटमा गएको भूकम्पमा परेका पीडितहरूको उद्धारमा सहयोग गर्ने घोषणा गरेको छ । घरेलु मैदानमा भएको आइसिसी टी–२० विश्वकप छनोटको फाइनलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। क्यानले फाइनलबाट संकलन भएको रकम सार्वजनिक गरेको छैन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता