2026-08-23 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१० वर्षपछि विश्वकपमा स्थान बनाएको टोलीलाई क्यानले ५० लाख पुरस्कारसहित सम्मान गर्ने

कार्तिक २१, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा १० वर्षपछि स्थान बनाएको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने भएको छ। क्यानको सोमबार बसेको बैठकले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली टोलीलाई ५० लाखसहित सम्मान गर्ने निर्णय गरेको हो। रोहितकुमार पौडेलको कप्तानीको टोलीका प्रशिक्षकसहित पदाधिकारी पनि यस सम्मानभित्र पर्नेछन्। 

यसै साता त्रिवि र मूलपानीको माथिल्लो मैदानमा भएको टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालले फाइनल स्थान सुरक्षित गर्दै सन् २०१४ पछि विश्वकप स्थान पक्का गरेको थियो। गत शुक्रबार मूलपानीमा नेपालले युएईलाई सेमिफाइनलमा आठ विकेटले हराउँदै विश्वकपको टिकट पक्का गरेको थियो। यद्यपि, फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। 

 सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। बंगलादेशमा भएको विश्वकपमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० खेलमा हङकङलाई हराएको थियो। त्यसपछि अफगानिस्तानलाई समेत निराश बनाएको नेपाल बंगलादेशसँग पराजित भयो। रनरेटमा नेपाल समूह चरणमा पुग्न सकेन। 

क्यानले मलेसियामा भएको एसिसी पुरुष यू–१९ प्रिमियर कप च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार नगदसहिद सम्मान गर्ने जनाएको छ। देव खनालको कप्तानीमा रहेको नेपाल वर्षाले प्रभावित फाइनलमा युएईलाई हराउँदै यू–१९ एसिया कपमा स्थान बनाउन सफल भएको थियो। 

महिला टोलीले हङकङमा सिरिज खेल्ने

नेपाली राष्ट्रिय महिला टोलीले हङकङमा आयोजना हुने टी–२० शृंखला खेल्ने भएको छ। क्यानले महिला टोलीलाई १५ देखि १९ नोभेम्बरसम्म चार राष्ट्र सहभागी हुने शृंखलामा सहभागी हुन पठाउने निर्णय गरेको हो। शृंखलामा सहभागी टोलीको भने टुंगो लागेको छैन। महिला टोलीले पछिल्लोपटक आइसिसी टी–२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोट खेलेको थियो। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो।  

यसैगरी, क्यानले जाजरकोटमा गएको भूकम्पमा परेका पीडितहरूको उद्धारमा सहयोग गर्ने घोषणा गरेको छ । घरेलु मैदानमा भएको आइसिसी टी–२० विश्वकप छनोटको फाइनलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। क्यानले फाइनलबाट संकलन भएको रकम सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो