कार्तिक २१, काठमाडौँ | हङकङमा आयोजना हुने महिला टी- अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि २२ जना खेलाडीलाई नेपाली टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । नोभेम्बर १५ देखि सुरु हुने शृंखलामा ४ देश सहभागी हुँदैछन् ।
रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, संगिता राई, विन्दु रावल, ज्योती पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुबी पुदार, सवनम राई, अस्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
अन्य खेलाडीमा कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी रहेका छन् ।