४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्नाले क्रिकेटरलाई बाँड्यो झण्डै ४२ लाख: सबैभन्दा बढी कुशल भुर्तेललाई, कसले कति पाए?

२१ कार्तिक २०८०, मंगलवार ०७:०४

कार्तिक २१, काठमाडौँ | अर्ना वियरले हालै टी-२० विश्वकपमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यहरूलाई पूर्वघोषणा अनुसार नगद पुरस्कार वितरण गरेको छ । हिजो आयोजित एक समारोहमा अर्नाले कुल ४१ लाख ७६ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरेको हो ।

वितरित पुरस्कारमध्ये १८ लाख ७७ हजार रूपैयाँको चेक क्रिकेट टीमका लागि कप्तान रोहित पौडेललाई हस्तान्तरण गरियो । यो रकम छनोट प्रतियोगिताका लागि घोषित राष्ट्रिय टीमका १५ सदस्यसहित २१ जनाले दामासाहीले पाउनेछन् । यसअनुसार सबैको भागमा करिब ९० हजार रूपैयाँ पर्ने भएको छ ।


१५ सदस्यीय टीममा ललित नारायण राजवंशी, प्रतिश जिसी र विनोद भण्डारीले छनोट प्रतियोगिताका कुनै पनि खेल खेल्न पाएका थिएनन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले सेमिफाइनल खेले पनि उनले बलिङ र ब्याटिङ दुवै गरेनन् । क्याच र रनआउट पनि नगरेका उनले व्यक्तिगत विधाको पुरस्कार पाएका छैनन् । दामासाहीले मिल्ने ९० हजार रूपैयाँमा नै उनले चित्त बुझाउनुपर्ने भएको छ ।

अर्नाले प्रतियोगिताअघि खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो । ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने भनिएको थियो । यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाई २५ हजार दिने घोषणा गरियो ।

तर, पुरस्कारको यो ढाँचा वैज्ञानिक नभएको र सबै खेलाडीलाई न्याय नहुने भनेर विवाद बढेपछि अर्नाले सेमिफाइनल र फाइनलमा व्यक्तिगत विधाको पुरस्कार हटायो । त्यसपछि सिंगै टीमलाई पुरस्कार दिने नयाँ घोषणा गरियो । जसअनुसार टिमले प्रत्येक डट बलका लागि २ हजार रुपैयाँ, विकेटका लागि ३० हजार रूपैयाँ मेडन ओभरका लागि २० हजार पाएको छ । यस्तै प्रत्येक रनका लागि १५ सय, चौकाका लागि १५ हजार र छक्काका लागि २५ हजारको दरले हिसाब गरेर १८ लाख ७७ हजार रकम टीमलाई उपलब्ध गराइएको हो ।

कसले कति पाए?

व्यक्तिगत विधामा सबैभन्दा बढी रकम कुशल भुर्तेलले प्राप्त गरेका छन् । प्रतियोगितामै सर्वाधिक रन बनाएका भुर्तेलले अर्नाबाट ५ लाख ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो सर्वाधिक रकम कुशल मल्लको भागमा पर्यो । उनले २ लाख ९० हजार रूपैयाँ प्राप्त गरे । यस्तै, आसिफ शेखले २ लाख ३९ हजार, अविनाश बोहराले २ लाख २४ हजार र करण केसीले २ लाख २ हजार ५०० पाएका छन् ।

अन्य खेलाडीहरूमा सन्दीप लामिछानेले एक लाख ८२ हजार, रोहित पौडेलले एक लाख ६३ हजार, गुल्शन झाले एक लाख ४१ हजार ५ सय, विवेक यादवले १ लाख ४१ हजार, सोमपाल कामीले एक लाख ४३ हजार र सन्दीप जोराले ७० हजार रूपैयाँ पाएका छन् ।

राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले पनि दामासायीले ९० हजार पाउनेछन् । टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नगद पुरस्कार दिइएको छैन । उनलाई समारोहमा टोकन अफ लभ प्रदान गरियो । अर्नाले प्रशिक्षक देसाईलाई छुट्टै कार्यक्रम राखेर विशेष सम्मान गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता