२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्ततः निर्माण हुने भो गौतम बुद्ध क्रिकेट रंगशाला

२०८०, २१ कार्तिक मंगलवार १०:५२

कार्तिक २१, काठमाडौँ | अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अन्ततः निर्माण हुने भएको छ । मंगलबार बागतमी प्रदेश मुख्यमन्त्री कार्यालयमा भरतपुर महानगर र बागमती प्रदेश सरकारबीच रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति जुटेको हो। 

यसअघि कलाकार सीताराम कट्टेलको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरे पनि रकम अभावका कारण रोकिएको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकार र भरतपुर महानगरले लगानी गर्ने भएका हुन्।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहितको टोलीले वागमती प्रदेश सरकारसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य अगाडि बढाउने विषयमा छलफल गरेको छ ।

वागमती प्रदेश सरकार तथा मुख्यमन्त्री कार्यालय हेटौडाँमा मंगलबार मुख्यमन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामासहितको टोलीसँग छलफल गरेको हो ।

भरतपुर भ्रमण वर्ष २०२४, समग्र भरतपुरको विकासका बारेमा छलफल गर्न महानगर प्रमुख दाहालको नेतृत्वको टोली हेटौडाँ पुगेको हो । नयाँ सहमति अनुसार अब निर्माण गर्दा लाग्ने खर्चको ७० प्रतिशत बागमति प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत खर्च भरतपर महानगरपालिकाले व्यहोर्ने समझदारी पत्रमा हस्ताक्षर  भएको छ । तर, यसअघि रंगशालाको नाउँमा रहेको ऋणका बारेमा केन्द्र सरकारले नै निर्णय गर्ने पनि सहमति भएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा उक्त रंगशाला निर्माणको लागि ५ करोड बजेट आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बताए। रंगशाला निर्माणका लागि ५७ करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। रंगशाला निर्माणमा करिब ७५ करोड रुपैयाँ लाग्ने अनुमान महानगरको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी