४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट खेलाडीलाई जनही १३ लाख पुरस्कार दिन सरकारलाई सिफारिस गर्ने राखेपको निर्णय

२१ कार्तिक २०८०, मंगलवार ११:२१

कार्तिक २१, काठमाडौँ | राष्ट्रिय खेलकुद परिषद्ले अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय गरेको छ ।

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।

राखेपको मंगलबार बसेको बैठकले १५ जना खेलाडी र ४ जना अफिसियल गरेर १९ जनालाई नगद पुरस्कार दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ।

यसअघि नेपाल क्रिकेट संघ क्यानले एकमुष्टमा ५० लाख पुरस्कार दिने घोषणा गरेको थियो । अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपको एसिया छनोटको फानल अन्तर्गत नेपालमा सम्पन्न भएको प्रतियोगीतामा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’