२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतमा अस्ट्रेलिया सेमिफाइनलमा

२०८०, २२ कार्तिक बुधबार ०३:०३

कार्तिक २२, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। योसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन्। अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना टरेको छ।

स्तानविरुद्ध म्याक्सवेल काफी भएका हुन्।

 अफगानिस्तानले दिएको २ सय ९२ को लक्ष्यलाई पछ्याउदैको अस्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो | त्यसपछि म्याक्सवेलले एक्लैले १२८ बलमा २०१ रन बनाउँदै  टोलीलाई सेमिफाइनलमा पुर्याए। 

अफगानिस्तानले म्याक्वेलको एउटा क्याच ड्रप गरेपछि उनले कीर्तिमानी दोहोरो शतक बनाएका हुन्।

म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए। यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो। म्याक्सवेलले यही विश्वकपमा इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन्। म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिएर विजयी यात्रामा ठूलो भरोस गरे।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए | 

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले शतक १२९ रनमा अविजित शतक प्रहार गरेका थिए।

मंगलबारको जितसँगै ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क जोडेको छ। ८ अङ्क रहेको अफगानिस्तान नेट रन रेट अनुसार छैटौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी