४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने, भारतको प्रतिस्पर्धी टुङ्गो लाग्न बाँकी

२२ कार्तिक २०८०, बुधबार ०५:४९

कार्तिक २२, काठमाडौँ | भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी छ । मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको थियो । त्यस्तै दक्षिण अफ्रिका पनि अंक तालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले लिग चरणका ८–८ खेल खेलिसकेका छन् । यी तीनै टिमले अब एक–एक खेल खेल्न बाँकी छ । यद्यपि यी तीनै टिमको बाँकी खेलले यिनको आफ्नै समीकरणमा भने खासै प्रभाव पार्ने छैन । किनकि, भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलियाको समान १२–१२ अंक छ ।

शीर्ष चार टोलीमध्ये पहिलो सेमिफाइनल खेल पहिलो नम्बरमा रहेको टिम र चौथो नम्बरमा रहेको टिमबिच हुनेछ । यस्तै, दोस्रो र तेस्रो नम्बरमा रहेका टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । त्यसैले आफ्नो बाँकी एक खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले हारे पनि वा जिते पनि यी दुई टोली नै दोस्रो र तेस्रो पोजिसनमा रहने छन् । किनकि, चौथो स्थानमा पुग्ने टोलीसँग बढीमा १० अंकमात्र हुनेछ ।

यसअर्थ, जारी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । सेमिफाइनलमा पुग्ने चौथो टिमसँग भारतले प्रतिस्पर्धा गर्नेछ । तर, सेमिफाइनलको चौथो सिटका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान दाबेदारका रुपमा देखिएका छन् । यी तीन वटै टिमसँग हाल ८–८ अंक छ । यिनैमध्ये कुनै एउटा टिमसँग भारतले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’