2026-11-01 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका ‘म्याक्सवेल’

कार्तिक २२, काठमाडौँ | पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेलमा जित हात पारेसँगै ग्लेन म्याक्सवेल निकै चर्चामा आएका छन्। चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।  

भारतको विभिन्न सहरमा आयोजना भइरहेको सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ८ खेल खेलेको छ। जसमा ६ खेलमा जित हात पारेको छ। रनरेटको आधारमा अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ। जारी लिगमा अस्ट्रेलियाले चित्तबुझ्दो प्रदर्शन नगरेपनि अफगानिस्तानविरुद्धको खेलले आफूलाई सम्हालेको छ।  

सेमिफाइनलको दौडमा आफूलाई बनाइराख्न अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेल ३ विकेटले जित्यो। मङ्गलवार मुम्बईको वानखेडे स्टेडियममा सय रनमा ७ विकेट गुमाइसकेको अस्ट्रेलियालाई जित दिलाउन म्याकसवेलले चामत्कारिक पारी खेले।  

म्याक्सवेलले अन्तिम चार बलका साथ म्याचलाई समाप्त गरे। उनले अन्तिम चार बलमा २ छक्का, चौका अनि फेरि छक्का हाने। यो शट्स उनी त्यतिबेला लगाउँदै थिए जब उनी राम्रोसँग उभिन पनि सकिरहेका थिएनन्।  

क्रिजमा उभेरै म्याक्सवेलले इतिहास बनाइदिए। उनले दोहोर शतक मात्रै पूरा गरेनन् म्याचलाई कसरी बदल्न सकिन्छ भनेर पुष्टि पनि गरिदि। म्याक्सवेलले मात्र १२८ बलमा २०१ रन बनाएर आफ्नो नाम इतिहासमा लेखे।

आफ्नो पारीमा म्याक्सवेलले पहिलो शतक बनाउँदा १० चौका र ३ छक्का लगाए भने अर्को शतकमा ७ छक्का र ११ चौका लगाएर क्रिकेटका दिग्गज कपिल देवको रेकर्डपनि तोडे। कपिल देवले १९८३ को विश्वकपको बेला छैटौं नम्बरमा उत्रेर सबैभन्दा हाइएस्ट १७५ रन बनाएका थिए। त्यसअघि र पछिका कुनैपनि छैटौँ नम्बरका खेलाडीले ठूलो रन बनाउन सकेका थिएनन्। तर, म्याक्सवेलले त्यो रेकर्ड तोडेर आफ्नो नाम गरेका छन्।  

विश्वकपको एक पारीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने  

ओएन मोर्गन–१७ (इङ्ग्ल्यान्ड) विरुद्ध अफगानिस्तान, म्यानचेस्टर, २०१९

क्रिस गेल–१६ (वेस्ट इन्डिज) विरुद्ध जिम्बावे, क्यानबेरा, २०१५

मार्टिन गुप्टिल–११ (न्यूजिल्यान्ड) विरुद्ध वेस्ट इन्डिज, वेलिङ्ग्टन, २०१५

फखर जमा–११ (पाकिस्तान) विरुद्ध न्यूजिल्यान्ड, बैगङ्लुरु, २०२३

ग्लेन म्याक्सवेल–१० (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, बम्बई, २०२३

वन डे म्याचमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने  

ईशान किशन–१२६ बल (भारत) विरुद्ध बङ्गलादेश, २०२२

ग्लेन म्याक्सवेल–१२८ बल (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, २०२३

क्रिस गेल–१३८ बल (वेस्टइन्डिज) विरुद्ध जिम्बावे, २०१५

वान डे म्याचमा नन ओपनरद्वारा बनाइएको सबैभन्दा धेरै व्यक्तिगत रन

२०१– ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, बम्बई, २०२३

१९४– चाल्र्स कवेन्ट्री (जिम्बाबे) विरुद्ध बङ्गलादेश, २००९

१८९– विवियन रिचर्ड्स (वेस्ट इन्डिज) विरुद्ध इङ्ग्ल्यान्ड, म्यानचेस्टर, १९८४  

१८५– फाफ डु प्लेसिस (साउथ अफ्रिका) विरुद्ध श्रीलङ्का, २०१७

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय