2026-08-23 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट रेकर्डका बादशाह अस्ट्रेलियाका ‘म्याक्सवेल’

कार्तिक २२, काठमाडौँ | पाँच पटकको विश्वकप विजेता अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेलमा जित हात पारेसँगै ग्लेन म्याक्सवेल निकै चर्चामा आएका छन्। चोटिल म्याक्सवेलले अफगानिस्तानविरुद्धको खेलमा गरेको प्रदर्शनले क्रिकेट जगतका प्रेमी उनीप्रति नतमस्तक छन्।  

भारतको विभिन्न सहरमा आयोजना भइरहेको सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ८ खेल खेलेको छ। जसमा ६ खेलमा जित हात पारेको छ। रनरेटको आधारमा अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ। जारी लिगमा अस्ट्रेलियाले चित्तबुझ्दो प्रदर्शन नगरेपनि अफगानिस्तानविरुद्धको खेलले आफूलाई सम्हालेको छ।  

सेमिफाइनलको दौडमा आफूलाई बनाइराख्न अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेल ३ विकेटले जित्यो। मङ्गलवार मुम्बईको वानखेडे स्टेडियममा सय रनमा ७ विकेट गुमाइसकेको अस्ट्रेलियालाई जित दिलाउन म्याकसवेलले चामत्कारिक पारी खेले।  

म्याक्सवेलले अन्तिम चार बलका साथ म्याचलाई समाप्त गरे। उनले अन्तिम चार बलमा २ छक्का, चौका अनि फेरि छक्का हाने। यो शट्स उनी त्यतिबेला लगाउँदै थिए जब उनी राम्रोसँग उभिन पनि सकिरहेका थिएनन्।  

क्रिजमा उभेरै म्याक्सवेलले इतिहास बनाइदिए। उनले दोहोर शतक मात्रै पूरा गरेनन् म्याचलाई कसरी बदल्न सकिन्छ भनेर पुष्टि पनि गरिदि। म्याक्सवेलले मात्र १२८ बलमा २०१ रन बनाएर आफ्नो नाम इतिहासमा लेखे।

आफ्नो पारीमा म्याक्सवेलले पहिलो शतक बनाउँदा १० चौका र ३ छक्का लगाए भने अर्को शतकमा ७ छक्का र ११ चौका लगाएर क्रिकेटका दिग्गज कपिल देवको रेकर्डपनि तोडे। कपिल देवले १९८३ को विश्वकपको बेला छैटौं नम्बरमा उत्रेर सबैभन्दा हाइएस्ट १७५ रन बनाएका थिए। त्यसअघि र पछिका कुनैपनि छैटौँ नम्बरका खेलाडीले ठूलो रन बनाउन सकेका थिएनन्। तर, म्याक्सवेलले त्यो रेकर्ड तोडेर आफ्नो नाम गरेका छन्।  

विश्वकपको एक पारीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने  

ओएन मोर्गन–१७ (इङ्ग्ल्यान्ड) विरुद्ध अफगानिस्तान, म्यानचेस्टर, २०१९

क्रिस गेल–१६ (वेस्ट इन्डिज) विरुद्ध जिम्बावे, क्यानबेरा, २०१५

मार्टिन गुप्टिल–११ (न्यूजिल्यान्ड) विरुद्ध वेस्ट इन्डिज, वेलिङ्ग्टन, २०१५

फखर जमा–११ (पाकिस्तान) विरुद्ध न्यूजिल्यान्ड, बैगङ्लुरु, २०२३

ग्लेन म्याक्सवेल–१० (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, बम्बई, २०२३

वन डे म्याचमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने  

ईशान किशन–१२६ बल (भारत) विरुद्ध बङ्गलादेश, २०२२

ग्लेन म्याक्सवेल–१२८ बल (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, २०२३

क्रिस गेल–१३८ बल (वेस्टइन्डिज) विरुद्ध जिम्बावे, २०१५

वान डे म्याचमा नन ओपनरद्वारा बनाइएको सबैभन्दा धेरै व्यक्तिगत रन

२०१– ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) विरुद्ध अफगानिस्तान, बम्बई, २०२३

१९४– चाल्र्स कवेन्ट्री (जिम्बाबे) विरुद्ध बङ्गलादेश, २००९

१८९– विवियन रिचर्ड्स (वेस्ट इन्डिज) विरुद्ध इङ्ग्ल्यान्ड, म्यानचेस्टर, १९८४  

१८५– फाफ डु प्लेसिस (साउथ अफ्रिका) विरुद्ध श्रीलङ्का, २०१७

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो