2026-09-21 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शीर्ष ब्याट्सम्यानको वरियतामा बाबरको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त

कार्तिक २२, काठमाडौँ | आइसीसीको विश्व वरियतामा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त भएको छ । उनलाई पछि तान्दै भारतका शुभमन गिल पहिलो स्थानमा उक्लिएका छन् ।

ब्याट्सम्यानको शीर्ष वरियतामा स्थान बनाउने गिल चौंथो भारतीय ब्याट्सम्यान हुन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र बिराट कोहलीले मात्रै पहिलो वरियताको स्वाद चाखेका थिए । गिलले यस वर्ष एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २६ खेलमा ६३ को औसतमा १४४९ रन बनाएका छन् भने उनको करिअर औसत पनि ६१।०२ रहेको छ ।

अर्कोतर्फ बाबर पनि खराब फर्ममा भने छैनन् । जारी विश्वकपमा पनि उनले चारवटा अर्धसतक बनाइसकेका छन् । तर, बाबर र शुभमानबीचको अन्तराल निकै साँघुरो भएकाले प्रदर्शनमा अलिकति तलमाथि हुनासाथ बाबर पछि पर्ने स्थिति थियो । अहिले शुभमानको रेटिङ प्वाइन्ट ८३० र बाबरको ८२४ छ । एक–दुई म्याचमा बाबरको प्रदर्शन राम्रो र शुममानको खराब भयो भने फेरि उलटफेर हुन सक्छ ।

व्याटिङ वरियतामा भारतका बिराट कोहली चौंथो स्थानमा उक्लिएका छन् । विश्वकपमा दुई अविजित शतक र चार अर्धसतक हानेपछि उनले तीन स्थानको फड्को मारेका हुन् । उनी तेस्रो स्थानमा रहेका क्वीन्टन डिककभन्दा एक रेटिङ प्वाइन्टले मात्रै पछाडि छन् । पाचौं नम्बरमा डेभिड वार्नर र छैटौंमा रोहित शर्मा छन् ।

यता, बलिङतर्फ पनि भारतकै वर्चश्व छ । पाकिस्तानका साहिन साह अफ्रिदीको शीर्ष वरियता केही दिनमै भारतका मोहम्मद सिराजले खोसेका छन् । विश्वकपको पछिल्लो म्याचमा साहिनले खराब प्रदर्शन गरेपछि उनी एकैपटक पाचाैँ स्थानमा झरेका हुन् । दक्षिण अफ्रिकाका केशव महाराज दोस्रोमा, अष्ट्रेलियाका एडम जाम्पा तेस्रोमा र भारतका कुलदीप यादव चौंथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो