२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपाधि भिडन्तअघि के भन्छन् भारत र अष्ट्रेलियाका कप्तान ?

२०८०, ३ मंसिर आईतवार ०८:०८

मङ्सिर ३, काठमाडौँ | विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्दैछन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पाँचपटकको विश्वविजेता अष्ट्रेलियाविरुद्ध भारत भिड्दैछ । घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही र दबाबमा रहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले बताएका छन् ।

भारत तेस्रोपटक उपाधिका लागि भिड्दैछ । विश्वकप क्रिकेट २०२३ का १० खेलमा भारतले सबै खेल जितेको छ ।  उपाधि रक्षाका निम्ति आफूहरु तयारी अवस्थामा रहेपनि  निकै दबाबमा रहेको शर्माको भनाइ छ । ‘भावनात्मक रुपमा यो निकै ठूलो विषय हो । हामीले यसपटक कुनै पनि खेलम हारेका छैनौं । हाम्रो टोली लयमा छ र हामीले यस खेलमा पनि प्रमाणित गर्नेपर्ने चुनौती छ । अर्बौं फ्यानहरुको अपेक्षाका कारण हामी निकै दबाबमा छौं । दबाबकाबीच हामी सम्पूर्ण शक्ति लगाएर मैदानमा उत्रिनेछौं ,’

प्लेयिङ ११ को सूचीमा रहेकाहरुले वैक्तिक नभएर सामूहिक चिन्तन सहित मैदानमा उत्रिने उनले बताए । ‘मसहित टोलीमा रहेका १० सदस्यको सम्पूर्ण ध्यान सामूहिक हुनेछ । उनीहरुले यस पल आफ्नो जीवनको महत्वपूर्ण पल भन्ने नठानेर समग्र टोलीका निम्ति महत्वपूर्ण क्षणका रुपमा लिनेछन्,’ शर्माले भनेका छन् ।


एक लाख ३० हजार दर्शक अटाउने यो रंगशाला भारतकै ठूलो रंगशाला हो । सन् २०११ मा भारतले उपाधि चुमेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा उत्रिएका भारतीय टोलीले श्रीलंकालाई पराजित गर्दै वांखडे रंगशालामा उपाधि उठाएको थियो ।

त्यस जित बाहके भारत सन् २००३ देखि अष्ट्रेलियासँगको भिडन्तमा निराश छ । त्यसबखत प्लेयिङ ११ मा रहेका राहुल द्रबिड हाल भारतीय क्रिकेट टोलीका प्रशिक्षक छन् । त्यसबखतका गल्ती द्रबिडले सच्याउन चाहको कप्तान रोहित शर्माको भनाइ छ । ‘हाम्रो टोली बलियो हुनुमा प्रशिक्षकको निकै ठूलो भूमिका छ । उनले दिएको मार्गदर्शनलाइ पछ्याउँदै उनले औंल्याएका गल्ती नदोहोर्‍याउँदै हामीले उनका निम्ति पनि यो खेल जित्नैपर्छ,’ शर्माले भनेका छन् ।

फाइनलमा भारतविरुद्ध मैदानमा उत्रिन अधिकांश टिमले ठूलो चुनौतीका रुपमा लिन्छन् । यसमा अपवाद भने अष्ट्रेलिया छ ।


अष्ट्रेलियाका कप्तान प्याट क्युमिनले  घरेलु मैदानमा उत्रिने भारतविरुद्ध हरेक चुनौतीको सामना गर्न आफ्नो टीम तयार रहेको बताएका छन् । ‘समर्थकहरु निसन्देह एक पक्षीय हुनेछन् । भारतलाई  विशाल समर्थन प्राप्त हुँदै गर्दा हामी हतोत्साही हुनेछैनौं । हरेक चुनौतीको सामना गर्दै खेल्न तयार छौं,’ उनले भनेका छन् ।

हुटिङमा उत्रिएका प्रतिद्वन्द्वीको विशाल समर्थकमाझ सन्नटाको स्थिति ल्याउनु जत्तिको सन्तुष्टि अरु नहुने उनी बताउँछन् । ‘खेलकुदमा प्रतिद्वन्द्वीको विशाल समर्थकमाझ सन्नाटा ल्याउनुले जति अरुले सन्तुष्टि दिंदैन । हामी यही लक्ष्यका साथ मैदानमा उत्रिंदैछौं,’ उनले भने  ।

भारतीय क्रिकेट प्रिमियर लिग आइपिएल खेलमा आफूहरुले समर्थकको साथ र आवाज दुवै सुनेकाले ती आवाज आफूहरुका निम्ति नौलो र अनौठो नलाग्ने उनको भनाइ छ । र, मैदान पनि आफूहरुका निम्ति घरेलुझैं हुने उनको प्रतिक्रिया छ । ‘आईपीएलका दौरानमा हाम्रा खेलाडीहरुले यहाँका समर्थकहरुको हुटिङ हेरेका छन् । यहाँका मैदानमा समेत पटक-पटक खेलेका छन् । हामी भारतविरुद्ध उसको घरेलु मैदानमा उत्रिए पनि हाम्रा निम्ति पनि त्यस मैदान घरेलुजस्तै रहेको मानसिकता सहित मैदानमा उत्रिंदैछौं,’ क्युमिनले भनेका छन् ।

भारतलाई आफूहरुले गतिलै चुनौती दिनेमा क्युमिन विश्वस्त छन् । ‘१० खेल मध्ये कुनै पनि खेलमा भारत अपराजित रहेको कुरामा हामी सचेत छौं । र भारतलाई हामी गतिलै चुनौती दिनेछौं भन्नेमा विश्वस्त पनि,’ उनको भनाइ छ ।

कोको हुनेछन् भारतीय टोलीमा ?

अष्ट्रेलियाविरुद्ध कप्तान रोहित शर्मा, शुभमन गिल, बिराट कोहली, श्रेयस ऐय्यर, एकल राहूल, स‍ूर्यकुमार यादव उत्रिनेछन् । उनीहरुसँगै रवीन्द्र जडेजा, जसप्रित बुम्राह, मोहम्मद शामी, कुलदीप यादव र मोहम्मद सिराजलाई मैदानमा उतार्ने तयारी छ ।

अष्ट्रेलियाले भने अतिरिक्त अलराउण्डर थप्ने निर्णय लिएमा मार्कस स्टोनिसलाई टोलीमा समावेश गर्नसक्ने सम्भावना छ । प्याट क्मुमिनसको कप्तानीमा भारतविरुद्ध उत्रिंदा डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्स, स्टिभ स्मिथ टोलीमा हुनेछन् । यस्तै मार्नस लाबु-सेन, जोस इंलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, अदम जम्पा, जोस हेजलहुडलाई मैदानमा उतार्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी