2026-09-20 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केपी ओली कप टी२० क्रिकेट : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली घोषणा

मङ्सिर ५, काठमाडौँ | सन्दीप लामिछानेले केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदैछ ।

जसका लागि बागमतीले लेगस्पीनर सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो । बागमतीले यसअघि २७ खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसैबाट अन्तिम टोली घोषणा गरेको हो ।

टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी पनि छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठ पनि बागमतीको टिममा छ । उमेर समूहको कप्तानी गरिसकेका रित गौतम पनि टिममा छन् ।

प्रतियोगिता सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टोली गरी कूल १२ टोलीको सहभागिता छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

बागमती र कर्णाली प्रदेशसँगै मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् । बागमती र आयोजकको रातो टोलीबीच मंसिर ७ गते उद्घाटन खेल हुनेछ ।

यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा छन् ।

हरेक समूहको समूह विजेता मात्र सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

बागमतीको टोली

सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, राम नरेश गिरी, दिपेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो