2026-09-20 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अर्जेन्टिनाको प्रशिक्षण छोड्ने मनसायमा स्कालोनी

मङ्सिर ७, काठमाडौं | अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्न सक्ने बताएका छन् । बुधबार ब्राजिलविरुद्ध उसैको मैदानमा १–० को जित निकालेपछि स्कालोनीले राष्ट्रिय टिमको जिम्मेवारी छोड्ने विचार गरिरहेको बताएका हुन् ।

४५ वर्षीय स्कालोनी पाँच वर्षअघि अर्जेन्टिनाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । स्कालोनीले कतार विश्वकपमा आफ्नो टिमलाई च्याम्पियन बनाएका थिए । उनले अर्जेन्टिनी टिमलाई सन् २०२१ को कोपा अमेरिकाको उपाधि समेत दिलाएका थिए ।

“अर्जेन्टिनालाई यस्तो प्रशिक्षकको आवश्यकता छ, जोसँग जोस र राम्रो गर्न सक्ने क्षमता होस्,” स्कालोनीले भने, “मैले अब यसबारे सोच्नुपर्छ । यसको अर्थ अहिले नै छोडिहाल्छु भन्ने होइन । तर, अब मैले सोच्न आवश्यक छ । किनकि, पछिल्लो समय यो राष्ट्रिय टिमसँग चलिराख्न र जित यात्रा कायम राख्न मुस्किल बन्दै गएको छ ।”

स्कालोनी २०१८ मा जर्ज साम्पाओलीको स्थानमा अर्जेन्टिनी टिमको जिम्मेवारीमा आएका थिए । त्यसअघि, उनी अर्जेन्टिनाको यू–२० टिमको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो