अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म"/>

2026-11-01 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसीले सार्वजनिक गर्‍यो क्रिकेटको र्‍याङ्किग, भारतको अग्रता कायमै

मङ्सिर १०, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको छ।

एकदिवसीय विश्वकप क्रिकेट पुरुषतर्फ सकिएको साता दिनपछि आइसीसीले क्रिकेटको तीन वटै फर्म्याट सार्वजनिक गरेको हो। जसमा भारतको अग्रता कायमै छ। विश्वकप क्रिकेट अघि पनि भारत क्रिकेटको तीनवटै फम्र्याटमा अग्र स्थानमै थियो।

आइसीसीका अनुसार भारत २६५ अङ्कका साथ टी ट्वान्टी र्‍याङ्किगमा शिर्ष स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड २५९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै न्यूजिल्यान्ड २५५ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अस्ट्रेलिया २५२ अङ्कका साथ चौथो र पाकिस्तान २५१ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ। नेपाल भने १८२ अङ्कका साथ १५ औं स्थानमा रहेको छ।

यस्तै एकदिवसीय क्रिकेट र्‍याङ्किगमा भारत १२१ अङ्कका साथ पहिलो, अस्ट्रेलिया ११७ अङ्कका साथ दोस्रो, दक्षिण अफ्रिका ११० अङ्कका साथ तेस्रो, पाकिस्तान १०९ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०२ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ। नेपाल भने ३४ अङ्कका साथ १५ औं स्थानमा रहेको छ।

आइसीसीका अनुसार टेस्ट र्‍याङ्किगमा भारत ११८ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ। ११८ अङ्क रहेपनि रनरटेको आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ। यस्तै इङ्ग्ल्यान्ड ११५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका १०४ अङ्कका साथ चौथो र न्यूजिल्यान्ड १०० अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय