2026-09-20 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० विश्वकप खेल्ने २० राष्ट्र तय, अफ्रिकी छनोटबाट युगान्डा पहिलो पटक विश्वकपमा

मङ्सिर १४, काठमाडौँ | आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ।

बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिकी छनोटमा नामिबिया र युगान्डाले टी–२० विश्वकपको टिकट पक्का गरेका हुन्।

नामिबियामा जारी आइसिसी टी–२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रुवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा रहेर २०२४ को टी–२० विश्वकपमा स्थान पक्का गरेको हो।

युगान्डा सिनियर स्तरको पहिलो पटक विश्वकपमा पुगेको हो। यू–१९ टोलीले तीन पटक विश्वकप खेले पनि सिनियर टोली भने छनोट हुन सकेको थिएन। जितको लागि ६६ रनको सामान्य लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

अफ्रिका छनोटबाट एक खेलअगावै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो। युगान्डा ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्दा जिम्बावे र केन्या भने प्रतियोगिताबाट बाहिरिए।

यी हुन् २०२४ को टी–२० विश्वकप खेल्ने २० राष्ट्रः

एसियाबाट – नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान

युरोपबाट – इंग्ल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, आयरल्यान्ड

इस्ट एसिया प्यासिफिकबाट – अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवा न्यु गिनी

अमेरिकाबाट – वेस्ट इन्डिज, युएसए, क्यानडा

अफ्रिकाबाट – दक्षिण अफ्रिका, नामिबिया र युगान्डा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो