2026-09-20 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी के सन् २०२६ को विश्वकप खेल्छन् ? प्रशिक्षक स्कालोनीले के भने ?

एजेन्सी |अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचपटक फिफा विश्वकप खेलिसके । उनले सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेल्दा अर्जेन्टिनाको दुई विश्वकप सम्झनालायक रह्यो ।

सन् २०१४ मा अर्जेन्टिना विश्वकपमा उपविजेता बन्दा मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए, उनले प्रतियोगितामा चार गोल गरे । त्यसपछि सन् २०२२ मा अर्जेन्टिनाले मेस्सीको कप्तानीमा विश्वकपको उपाधि जित्यो । मेस्सीले कतारमा भएको विश्वकपमा पनि उत्कृष्ट खेलाडीको अवार्ड पाए, उनले प्रतियोगितामा ७ गोल गरे । 

पाँचपटक विश्वकप खेलिसकेका विश्वकप लगायत फुटबलमा पाउनुपर्ने सबै उपाधि पाएका मेस्सीलाई यतिबेला सबै समयका महान फुटबलर भन्न थालिएको छ । नम्बर एक खेलाडीको उपमा पाएका उनले अब सन् २०२६ को विश्वकप फुटबल खेल्छन् कि खेल्दैनन् होला ? भनेर यतिबेला प्रश्न गर्न थालिएको छ ।

मेस्सीले सन् २०२२ को विश्वकप अगाडि भनेका थिए कि उनले अन्तिमपटक विश्वकप खेल्दैछन्, उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने पनि अभिव्यक्ति दिएका थिए । तर विश्वकप जितेसँगै मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास नलिने र च्याम्पियनको रुपमा खेलिरहने बताएका छन् ।

उनले अर्को विश्वकप खेल्ने विषयमा प्रस्ट केही भनेका छैनन् तर उनको लक्ष्य राष्ट्रिय टोलीबाट अर्को कोपा अमेरिकाको उपाधि जित्नु हो । त्यसो त उनले सन् २०२६ को विश्वकप छनौटका खेलहरू खेलिरहेका छन् । जसले उनी अर्को विश्वकप पनि खेल्न चाहन्छन् भने प्रस्ट हुन्छ । 

मेस्सीले सन् २०२६ को विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने प्रश्नमा अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी उक्त प्रतियोगिता खेल्ने विषयमा आफू विश्वस्त भएको बताएका छन् । स्कालोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिका र विश्वकप जितेको थियो । 

स्कालोनीले मेस्सीको विषयमा भनेका छन्,‘मेस्सीले सन् २०२२ को विश्वकप मनबाट खेले, उनलाई रोक्न मुस्किल थियो । उनलाई मैले नजिकैबाट हेरेको छु, उनको गुणको व्याख्या गर्न असम्भव छ । मैले मेस्सीलाई यो भनेको छु कि जबसम्म उनी मैदानमा खुसी हुन्छन् उनले खेल्न छाड्नु हुँदैन । मेस्सीले फुटबलमा उमेर, उचाई केहीको सीमा हुँदैन भनेर पुष्टि गरिसकेका छन् ।’

उनी थप भन्छन्, ‘मेस्सीले स्ट्राइकर, विंगर, मिडफिल्डर सबै भूमिकामा आफूलाई अब्बल सावित गरेका छन् । उनी जहाँ चाहन्छन् त्यहीँबाट खेल्न सक्छन् उनी टिमलाई बलियो बनाउँछन् । मलाई लाग्छ मेस्सीले राष्ट्रिय टोलीबाट खेलिरहनुपर्छ बाँकी निर्णयको अधिकार उनमै निहित छ ।’

३६ वर्षका मेस्सी हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेलिरहेका छन् । उक्त क्लब र राष्ट्रिय टोलीका खेलहरूमा मेस्सीले अझै जादु देखाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो