2026-09-20 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल सुपर लिग: आज पोखरा र झापा तथा धनगढी र ललितपुरबीच खेल हुँदै

मङ्सिर १६, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र झापा एफसी तथा धनगढी एफसी र ललितपुर सिटि एफसीबीच खेल हुँदैछ ।

पहिलो खेल पोखरा र झापाबीच दशरथ रंगशालामा दिउँसो १ बजे हुने छ। लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ ।

पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एफसीलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो । दुई खेलबाट पोखराको ४ अंक छ भने झापा अंकविहीन छ ।

यस्तै, आजै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा धनगढी अपराजित रहेको छ । उसले पहिलो खेलमा वीरगञ्ज युनाइटेड र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो । लिगमा धनगढी ६ अंकका साथ शीर्षस्थानमा छ ।

त्यस्तै ललितपुर पनि अपराजित छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनीलाई जितेको थियो भने पोखरासँग गोलरहित बराबरी गरेको थियो । लिग तालिकामा ललितपुर ४ अंकसहित दोस्रो स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो