2026-09-20 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप २०२४ फरक ढाँचामा, समूह चरणमै नेपालले बलियो टिमसँग खेल्ने

मङ्सिर १९, काठमाडौँ |  आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो । यसपटक अमेरिका, क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्नेछन् ।

अमेरिका आयोजकको हैसियतमा तथा क्यानडा र युगान्डा भने छनोट प्रतियोगिता खेलेर विश्वकपमा डेब्यू गर्न लागेका हुन् । नवौँ संस्करणको विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ । एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको जित निकाल्दै नेपालले विश्वकपको टिकट पक्का गरेको थियो । 

यस्तै, एसिया क्षेत्र छनोटबाट नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान बनायो । आसन्न संस्करणको विश्वकपमा केही नयाँ नियम देख्न पाइनेछ । यो विश्वकप पहिलोपटक फरक ढंगबाट खेलिनेछ । सन् २०२१ र २०२२ मा पहिलो चरण र सुपर १२ फर्म्याटमा टी–२० विश्वकप खेलाइएको थियो ।

यसपटक भने विश्वकपमा नकआउट चरणअघि नै दुई चरणको खेल हुनेछ । सहभागी २० टिमलाई चार समूहमा बाँडिनेछ । प्रत्येक समूहमा ५/५ टोली हुनेछन् । समूह चरणको खेलपछि चारवटा ग्रुपबाट शीर्ष दुई टिमले सुपर आठमा स्थान बनाउने छन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

सुपर आठबाट शीर्ष दुई/दुई टिम सेमिफाइनलको यात्रा गर्नेछन् । ​नवौँ संस्करणको विश्वकपमा नेपालले ठूला टिमविरुद्ध खेल्ने पक्काजस्तै छ ।

समूह चरणमा नेपालले कम्तीमा दुई टेस्ट टिमसहित चार देशसँग खेल्ने मौका पाउनेछ । सन् २०१४ को विश्वकपमा नेपालले पहिलो चरणमा हङकङ, बंगलादेश र अफगानिस्तानसँग खेलेको थियो ।

आउँदो संस्करणको विश्वकप २०२४ को जुन ४ देखि ३० तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा हुनेछ । ​नवौँ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले आन्तरिक तयारी थालिसकेका छन् । 

विश्वकपअघि उनको रणनीति जति सकिन्छ आफूभन्दा बलियो टिमसँग सिरिज खेल्ने हुनेछ । साथै, प्रशिक्षक देसाईले विश्वकपका लागि खेलाडीको भूमिका पनि अहिलेदेखि नै प्रष्ट पार्नेछन् । त्यसले गर्दा विश्वकपमा नेपालले थप उत्कृष्ट प्रदर्शन गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो