2026-09-20 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

मङ्सिर २२, काठमाडौँ | यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १५२ रनको सामान्य स्कोरमा समेटिएको थियो ।

नेपालका लागि उत्तम थापामगरले ५१ रनको अर्धसतकीय पारी खेले । यस्तै, दिपेश कँडेलले ३१ रन र ओपनर अर्जुन कुमालले २१ रन बनाएर आउट भए ।

अन्य ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । कप्तान देव खनाल र अनुभवि गुल्शन झाको ब्याट आज नचल्दा नेपाल बलियो स्कोरबाट चुक्यो ।

जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले पनि खराब सुरुवात गरेको थियो । गुल्शन झाले पाकिस्तानका दुवै ओपनरलाइ सस्तैमा पेभिलियन फर्काएर नेपालको आशा जगाए । २३ रनमा २ विकेट गुमाएपछि भने पाकिस्तानले नेपाललाई कुनै मौका दिए ।

अजान अवासिस र कप्तान साद बेगले सतकीय साझेदारी गर्दै पाकिस्तानलाई जित तर्फ डोहार्याए । सान्त्वनाका रुपमा नेपालका आकाश त्रिपाठीले पाकिस्तानी कप्तानको विकेट लिन सफल भए ।

आजको खेलमा नेपालका सबैभन्दा आशालाग्दा बलर दिपेश कँडेल चलेनन् । पिचले फास्ट बलरलाई मद्दत गरे पनि स्पिनरलाई कुनै मद्दत थिएन । पाकिस्तानी फास्ट बलरहरुको सामना गर्न नसक्दा नेपालको ब्याटिङ कोल्याप्स भयो । मोहम्मद जासिम एक्लैले नेपालको ६ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो