2026-09-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी र रोनाल्डोको भिडन्त पक्का, आमनेसामने हुँदै इन्टर मायामी र अल–नासर

मंसिर २६, काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी आवद्ध इन्टर मियामीले फेब्रुअरीमा साउदी अरबमा रियाद सिजन कप खेल्ने भएको छ । यो कप खेल्ने तय भएसँगै स्टार खेलाडी मेस्सी र पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुने छन् । यसलाई इन्टर मियामीले प्रि सिजन टूरको रुपमा लिएको छ । 

मेस्सीको टोली इन्टर मियामीले जनवरी २९ मा अल हिलाल र फेब्रुअरी १ मा रोनाल्डोको टोली अल नासरसँग खेल्नेछन् । हिलाल र नासर साउदी प्रो लिगमा शीर्ष स्थानमा छन् । नासरमा आवद्ध रोनाल्डोले जारी लिगमा सर्वाधिक गोलकर्ता हुन् । 

विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् । मेस्सी आबद्ध क्लब इन्टर मायामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् । 

यसअघि पनि दुई क्लबबीच रियाद सिजन कपमा प्रतिस्पर्धा हुने चर्चा थियो । तर इन्टर मायामीले त्यसबेला छलफल भइरहेको र खेल हुनेबारे पछि जानकारी दिने बताएको थियो । यतिबेला भने मेस्सी आवद्ध इन्टर मायामी क्लबले नै आफ्नो क्लबले रोनाल्डो आवद्ध अल–नासरसँग भिड्ने पक्का भएको जनाएको हो ।

सन् २०२४ को जनवरी २९ देखि रियाद सिजन कप हुँदैछ । फेब्रुअरी १ तारिखमा हुने दोस्रो खेलमा मेस्सी आवद्ध इन्टर मायामी र रोनाल्डो आवद्ध अल–नासरबीच प्रतिस्पर्धा हुने इन्टर मायामीले जनाएको छ । पहिलो खेल भने जनवरी २९ मा हुनेछ । जसमा नेमार जुनियर आवद्ध अल–हिलालले अल–नासरसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा मेस्सी र रोनाल्डोको उपस्थिति हुनेछ तर घाइते भएका कारण नेमारले भने यो प्रतियोगिता खेल्ने छैनन् ।साउदीको रियाद सिजन कपका आयोजकले मेस्सी र रोनाल्डोको फुटबल प्रतिस्पर्धालाई ‘द लास्ट डान्स’ भनेका छन् ।

सन् २००८ मा पहिलोपटक मेस्सी र रोनाल्डो एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए । हालसम्म उनीहरूले ३६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये मेस्सी आबद्ध टोलीले १६ खेल जितेको छ भने रोनाल्डो आबद्ध टोलीले ११ खेल जितेको छ । 

हाल युरोपको प्रतिस्पर्धात्मक लिगबाट यी दुवै खेलाडी बाहिरिसकेका छन् । जसकारण उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना निकै कम थियो । तर साउदीले रियाद सिजन कपको आयोजना गरेर मेस्सी र रोनाल्डोको भेट पक्का गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो