2026-11-01 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सी र रोनाल्डोको भिडन्त पक्का, आमनेसामने हुँदै इन्टर मायामी र अल–नासर

मंसिर २६, काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी आवद्ध इन्टर मियामीले फेब्रुअरीमा साउदी अरबमा रियाद सिजन कप खेल्ने भएको छ । यो कप खेल्ने तय भएसँगै स्टार खेलाडी मेस्सी र पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो फेरि एक पटक आमने सामने हुने छन् । यसलाई इन्टर मियामीले प्रि सिजन टूरको रुपमा लिएको छ । 

मेस्सीको टोली इन्टर मियामीले जनवरी २९ मा अल हिलाल र फेब्रुअरी १ मा रोनाल्डोको टोली अल नासरसँग खेल्नेछन् । हिलाल र नासर साउदी प्रो लिगमा शीर्ष स्थानमा छन् । नासरमा आवद्ध रोनाल्डोले जारी लिगमा सर्वाधिक गोलकर्ता हुन् । 

विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एकपटक फुटबल मैदानमा आमनेसामने हुने भएका छन् । मेस्सी आबद्ध क्लब इन्टर मायामी र रोनाल्डो आबद्ध अल नासरले रियाद सिजन कपमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् । 

यसअघि पनि दुई क्लबबीच रियाद सिजन कपमा प्रतिस्पर्धा हुने चर्चा थियो । तर इन्टर मायामीले त्यसबेला छलफल भइरहेको र खेल हुनेबारे पछि जानकारी दिने बताएको थियो । यतिबेला भने मेस्सी आवद्ध इन्टर मायामी क्लबले नै आफ्नो क्लबले रोनाल्डो आवद्ध अल–नासरसँग भिड्ने पक्का भएको जनाएको हो ।

सन् २०२४ को जनवरी २९ देखि रियाद सिजन कप हुँदैछ । फेब्रुअरी १ तारिखमा हुने दोस्रो खेलमा मेस्सी आवद्ध इन्टर मायामी र रोनाल्डो आवद्ध अल–नासरबीच प्रतिस्पर्धा हुने इन्टर मायामीले जनाएको छ । पहिलो खेल भने जनवरी २९ मा हुनेछ । जसमा नेमार जुनियर आवद्ध अल–हिलालले अल–नासरसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा मेस्सी र रोनाल्डोको उपस्थिति हुनेछ तर घाइते भएका कारण नेमारले भने यो प्रतियोगिता खेल्ने छैनन् ।साउदीको रियाद सिजन कपका आयोजकले मेस्सी र रोनाल्डोको फुटबल प्रतिस्पर्धालाई ‘द लास्ट डान्स’ भनेका छन् ।

सन् २००८ मा पहिलोपटक मेस्सी र रोनाल्डो एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए । हालसम्म उनीहरूले ३६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये मेस्सी आबद्ध टोलीले १६ खेल जितेको छ भने रोनाल्डो आबद्ध टोलीले ११ खेल जितेको छ । 

हाल युरोपको प्रतिस्पर्धात्मक लिगबाट यी दुवै खेलाडी बाहिरिसकेका छन् । जसकारण उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना निकै कम थियो । तर साउदीले रियाद सिजन कपको आयोजना गरेर मेस्सी र रोनाल्डोको भेट पक्का गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय