2026-09-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेत्रहीन महिला क्रिकेट: भारतमाथि नेपालको १० विकेटको सानदार जित

मङ्सिर २७, काठमाडौँ | भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

यसअघि भएको पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले पहिलो जित निकाल्दै सिरिज जित्ने सम्भावना कायमै राखेको छ । भारतको पहिलो हारपछि पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ ।

ओपनरद्वय बिनिता र मनकेशीले अविजित १७४ रनको साझेदारी गरेपछि भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा विना क्षति पूरा गरेको हो ।

नेपालका लागि बिनिताले ६० बल खेल्दै ७ चौका प्रहार गरी ७८ रन बनाइन् । यस्तै मनकेशीले ५७ बल खेल्दै ५ चौका मदतमा ७५ रन बनाइन् ।

यसअघिको दुवै खेलमा लक्ष्य पछ्याउदै नेपाल झिनो रनअन्तरले चुकेको थियो । तेस्रो खेलमा भने बिनिता र मनकेशीले सानदार ब्याटिङ गर्दै जितसम्म पुर्‍याएका हुन् ।

भारतले सात बलर प्रयोग गरे पनि नेपालको विकेट लिन सकेन ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

भारतका लागि सिमु दासले अविजित रहँदै सर्वाधिक ८४ रन बनाइन् । यस्तै सुनिता श्राथेले अविजित ३१ रन बनाइन् । सुस्मा पटेल र रभान्नीले समान १४ रन बनाए ।

भारतका चारै खेलाडी रनआउट भएका थिए । नेपालकी बिनिता पुनले २ तथा सरिता घिमिरे र निशा गौराले १-१ रनआउट गरे ।

अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ । पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो