2026-09-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा अस्ट्रेलियासँग पराजित भएपछि रोहितको पहिलो प्रतिक्रिया : ‘मूभ अन’ हुन सजिलो थिएन

मङ्सिर २७, काठमाडौँ | विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले पहिलो प्रतिक्रिया दिएका छन् । रोहित करिब २४ दिनपछि पहिलो पटक क्यामेरा अगाडि देखिएका हुन् ।

उनले भने, ‘मलाई यसबाट कसरी बाहिर निकाल्ने थाहा थिएन। सुरुका केही दिनमा के गर्ने भन्ने केही थाहा भएन। मेरो परिवार, मेरा साथीहरूले यसलाई सहज बनाइदिनुभयो । मलाई समर्थन गर्नुभयो। तर अगाडि बढ्न सजिलो थिएन।’

शर्माको अन्तर्वार्ताको यो भिडियो बुधबार उनको प्रबन्ध टोलीको आधिकारिक इन्स्टाग्राम खाताबाट पोस्ट गरिएको हो। यो भिडियो मुम्बई इन्डियन्सले पनि ट्वीट गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९ नोभेम्बरमा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो ।

उनले भने, ‘म सधैँ ५० ओभरको विश्वकप हेरेर हुर्केको हुँ । ५० ओभरको विश्वकप मेरो लागि सबैभन्दा ठुलो पुरस्कार थियो। हामीले त्यो विश्वकपका लागि धेरै वर्ष काम गरेका थियौँ। यो एकदम निराशाजनक छ किनभने तपाई‌ंले सबै राम्रो गर्नुभयो, तपाईंले सक्ने सबै गर्नुभयो । यदि कसैले मलाई के गल्ती गर्‍यौँ भनेर सोध्यो भने मसँग जवाफ छैन। हामीले १० खेल जित्यौँ। कोही पनि कहिल्यै परफेक्ट हुँदैन । तपाईंले जित्दा पनि गल्ती गर्नुहुन्छ। म टिममा धेरै गर्व महसुस गर्छु।’

उनले थपे, ‘फाइनलपछि यसबाट बाहिर आउन मेरो लागि सजिलो थिएन । विश्वकप अभियानमा हामीलाई यति धेरै साथ दिनु भएकोमा सबैलाई धन्यवाद। डेढ महिना जनताले हामीलाई साथ दिए, रंगशाला आए, साथ दिए । उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद । मलाई ती सबैको लागि नराम्रो लाग्यो। तर सबैभन्दा राम्रो कुरा यो थियो कि मैले मानिसहरूलाई भेट्दा उहाँहरूले हामीलाई बुझ्नुभयो। उहाँहरुमा कुनै रिस थिएन । उहाँहरुबाट माया पाए। यसले हामी सबैलाई विशेष गरी मलाई बल दियो र म अगाडि बढ्न सक्षम भएको छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो