2026-11-01 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली क्रिकेटको ‘ए’ टीम बनाउने क्यानको घोषणा

पुस १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । आज आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिए ।

खड्काका अनुसार आगामी प्रधानमन्त्री कपलगत्तै ए टीमको घोषणा गरिनेछ । राष्ट्रिय टीमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उनले बताए ।

टी-२० विश्वकपका लागि छनोट भएको राष्ट्र क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको छ । जसअनुसार आगामी फेब्रुअरीमा क्यानडाको टीम नेपाल आउने छ ।

उक्त टीमसँग नेपालको ए टीमले कम्तीमा तीनवटा एक दिवसीय र टी-२० खेलाइने पारसले जानकारी दिए ।

यसै गरी आयरल्यान्डलगायत विभिन्न देशका ए टीमलाई नेपालमा बोलाएर नेपालको ए टीमसँग खेलाउने तयारी रहेको पनि उनले बताए । क्यानका म्यानेजर विनोद दासले अन्डर १९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय