2026-09-20 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुल्शनको शतकमा स्कटल्याण्डमाथि नेपालको फराकिलो जित

पुस २४, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ रन मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।    

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो । नेपालका लागि सिनियर टिमकासमेत भरपर्दा खेलाडी रहेका गुल्शन झाले ११५ बलमा ११४ रन बनाएका थिए ।  त्यस्तै दिपक बोहराले ५४ बलमा अविजित रहँदै ५८ रन बनाएका थिए । 

नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो