2026-09-20 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराट कोहलीले अफगानिस्तानविरुद्धको टी–२० शृंखलाको पहिलो खेल नखेल्ने

पुस २७, काठमाडौं | भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि यसको पुष्टि गरेका छन् ।

द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका हुन् । कोहली बाँकी दुई टी–२० मा भने टोलीमा समावेश हुनेछन् । कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् ।

भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल बिहीबार मोहालीमा खेलिने छ । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ । प्रशिक्षक द्रबिडले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि अन्य खेलाडीसँगै भारतीय खेलाडीहरू पनि इन्डियन प्रिमियर लिगमा व्यस्त हुनेछन् । रोहित र कोहलीलाई टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएपछि त्यसको चर्को आलोचना पनि भइरहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० को उक्त निर्णयलाई लिएर भारतका पूर्वक्रिकेटरहरु दुई समूहमा विभाजित भएका छन् ।

केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुनः टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा परेको आरोप लगाएका छन् ।

पूर्वक्रिकेटर सौरभ गांगुली र सुनिल गावस्करले भने रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा समावेश गर्ने निर्णय उपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरुले सिनियर खेलाडीको उपस्थितिले युवा खेलाडीमा पनि उर्जा थप्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो