2026-09-20 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप: एपीएफले बागमतीलाई जितका लागि दियो २४२ रनको लक्ष्य

पुस २९, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ४१ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले शतकीय योगदान गरे । उनले ११७ बलको सामना गरी पाँच छक्का र सात चौकाको मद्दले ११२ रन बनाए । त्यसअघि एपीएफले केवल ४१ रनको कुल स्कोरमा पाँच विकेट गुमाइसकेको थियो । ओपनर प्रज्ज्वल शाही १० र आसिफ शेख १५ रनमै आउट भएका थिए । कप्तान रोहित पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । सुमित महर्जन ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । पूर्ण बीकेले त खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान लोकेश बमले २७ रन बनाए । भुवन कार्की १० रनमा पेभेलियन फर्किए । अमर रौतेलाले २२ रन जोडे । अविनाष बोहराले अविजित १८ र मौसम ढकालले अविजित एक रन बनाए ।

बागमती प्रदेशका लागि बलर सूर्य तामाङले ३ विकेट लिए । प्रतिस जीसी र रिजन ढकालले पनि २–२ विकेट हात पारे । सोनु देबकोटाले एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो