2026-09-20 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो टी २० क्रिकेट: भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो

माघ ४, काठमाडौँ | तेस्रो टी २० क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङका कारण अफगानिस्तानलाई २१३ रनको लक्ष्य दिएको थियो । 

यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो । दुई टोलीबिच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुङ्गिएको थियो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रनको लक्ष्य दिएको थियो ।  भारतका रोहित शर्माले तेस्रो र चौथो बलमा छक्का प्रहार गरेपछि जिततर्फ अग्रसर देखिएको भारतले पाँचौँ बलमा विकेट गुमायो भने छैटौँ बलमा एक रन मात्र जोड्न सकेपछि फेरि अर्को सुपर ओभर गराउनु परेको थियो । 

दोस्रो सुपर ओभरमा भारतले १२ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले सुरुका तीन बलमा दुवै विकेट गुमाएपछि भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो ।

टस जितेर ब्याटिङ गरेको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो | भारतले २२ रनमा ४ विकेट गुमाएको थियो । यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाएका थिए। तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे । 

रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा २ चौका र ६ छक्का सहित ६९ रनको उत्कृष्ट इनिङ खेले । 

अफगानिस्तानका लागि बलर फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए । रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले । तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुङ्ग्याए । नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो