2026-09-20 08:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ऐतिहासिक शतकबाट चुकेका अर्जुन भन्छन्-सोचे जस्तो सट लागेन

माघ ८, काठमाडौं | आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ऐतहासिक शतक हान्न चुकेका नेपाली यू-१९ क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले आफूले सोचे जस्तो सट नलागेको बताएका छन् । अर्जुनले सोमबार उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एक एक रन लिएर शतक बनाउछु भन्ने सोचेको थिए । तर त्यो भएन । त्यो खराब बल थियो । तर त्यसलाई सोचे जस्तो सट लागेन’, अर्जुनले शतकबाट चुकेपछि भने ।

एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा शर्ट बल खेल्नेक्रममा अर्जुन थर्डम्यानमा न्युजिल्यान्डका फिल्डर रोबी फाउल्केसबाट क्याच आउट भए ।

२०१२ को यू-१९ विश्वकपमा प्रदीप ऐरीले नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । त्यो नै कुनै पनि नेपाली ब्याटरले विश्वकपमा हानेको ब्यक्तिगत उच्च स्कोर हो ।

अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । ‘९० बनाएपछि अब शतक बन्छ भन्ने लागेको थियो । त्यो चाहिँ भएन । मेरो लागि दुर्भाग्य थियो । मैंले थर्डम्यानमा होइन प्वाइन्टमा हान्न खोजेको थिएँ । तर टप एज लागेर थर्डम्यानमा गयो’, उनले भने ।

त्यसैमा उनले थपे, ‘शतकबाट चुकेपछि नराम्रो अनुभव भयो । गुरुले पनि तलाई विश्वकपमा पहिलो शतक बन्ने नेपाली खेलाडी अवसर थियो गुमायौं भन्नुभयो । शतक हानेको भए अर्को माहोला हुन्थ्यो । मेरो लागि त्यो दुःखद क्षण थियो । अझै पनि खेल छन् । त्यसमा ध्यान दिन्छु । शतक हान्न प्रयास गर्छु ।’

अर्जुनले न्युजिल्यान्डका स्पिनर स्नेहित रेड्डीलाई ३४ औं ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । उसले कमजोर बल गर्दा त्यसको फाइदा उठाएको अर्जुन बताउँछन् । ‘त्यसरी आक्रामक क्रिकेट खेल्छु भन्ने मेरो योजना चाहिँ थिएन । तर उसले कमजोर बल गरेपछि त्यसको फाइदा उठाएँ । अनि लाग्यो’, उक्त ओभरबारे उनले भने ।

नेपालले जितको लागि ३०३ रनको विशाल लक्ष्य पाएको थियो । त्यति ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङमा जानुअघि आफ्नो सोच अन्तिम सम्म लगेर जाने भएको उनले बताए । ‘उक्त लक्ष्य पछ्याउँदा मेरो सोच जति हुन्छ अन्तिम समय सम्म लगेर जाने थियो । योजना अनुसार गएको पनि थिए । अर्कोतर्फबाट विकेट पनि गयो’, अर्जुनले भने । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो