2026-11-01 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ऐतिहासिक शतकबाट चुकेका अर्जुन भन्छन्-सोचे जस्तो सट लागेन

माघ ८, काठमाडौं | आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ऐतहासिक शतक हान्न चुकेका नेपाली यू-१९ क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले आफूले सोचे जस्तो सट नलागेको बताएका छन् । अर्जुनले सोमबार उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एक एक रन लिएर शतक बनाउछु भन्ने सोचेको थिए । तर त्यो भएन । त्यो खराब बल थियो । तर त्यसलाई सोचे जस्तो सट लागेन’, अर्जुनले शतकबाट चुकेपछि भने ।

एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा शर्ट बल खेल्नेक्रममा अर्जुन थर्डम्यानमा न्युजिल्यान्डका फिल्डर रोबी फाउल्केसबाट क्याच आउट भए ।

२०१२ को यू-१९ विश्वकपमा प्रदीप ऐरीले नामिबियाविरुद्ध ९८ रन बनाएका थिए । त्यो नै कुनै पनि नेपाली ब्याटरले विश्वकपमा हानेको ब्यक्तिगत उच्च स्कोर हो ।

अर्जुनले १०४ बलमा १२ चौकासहित ९० रन बनाए । ‘९० बनाएपछि अब शतक बन्छ भन्ने लागेको थियो । त्यो चाहिँ भएन । मेरो लागि दुर्भाग्य थियो । मैंले थर्डम्यानमा होइन प्वाइन्टमा हान्न खोजेको थिएँ । तर टप एज लागेर थर्डम्यानमा गयो’, उनले भने ।

त्यसैमा उनले थपे, ‘शतकबाट चुकेपछि नराम्रो अनुभव भयो । गुरुले पनि तलाई विश्वकपमा पहिलो शतक बन्ने नेपाली खेलाडी अवसर थियो गुमायौं भन्नुभयो । शतक हानेको भए अर्को माहोला हुन्थ्यो । मेरो लागि त्यो दुःखद क्षण थियो । अझै पनि खेल छन् । त्यसमा ध्यान दिन्छु । शतक हान्न प्रयास गर्छु ।’

अर्जुनले न्युजिल्यान्डका स्पिनर स्नेहित रेड्डीलाई ३४ औं ओभरमा लगातार चार चौका प्रहार गरेका थिए । उसले कमजोर बल गर्दा त्यसको फाइदा उठाएको अर्जुन बताउँछन् । ‘त्यसरी आक्रामक क्रिकेट खेल्छु भन्ने मेरो योजना चाहिँ थिएन । तर उसले कमजोर बल गरेपछि त्यसको फाइदा उठाएँ । अनि लाग्यो’, उक्त ओभरबारे उनले भने ।

नेपालले जितको लागि ३०३ रनको विशाल लक्ष्य पाएको थियो । त्यति ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङमा जानुअघि आफ्नो सोच अन्तिम सम्म लगेर जाने भएको उनले बताए । ‘उक्त लक्ष्य पछ्याउँदा मेरो सोच जति हुन्छ अन्तिम समय सम्म लगेर जाने थियो । योजना अनुसार गएको पनि थिए । अर्कोतर्फबाट विकेट पनि गयो’, अर्जुनले भने । नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय