2026-06-27 08:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ विश्वकप क्रिकेट: पाकिस्तानविरुद्ध नेपालले ४० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो

माघ १०, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ४० ओभर सकिँदासम्म ६ विकेट गुमाएर एक सय ३७ रन बनाएको छ । नेपालका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे १३ र आठौँ नम्बरका ब्याट्सम्यान दिपेश कँडेल चार रन बनाउँदै क्रिजमा छन् ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।


दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देब खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।

चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान बिपिन रावललाई गुमाएको थियो । उनी ३९ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २६.४ ओभरमा ९६ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ४७ बलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई पाकिस्तानी बलर खुबैब खलिलले अराफात मिनहसद्वारा क्याच गराएका थिए । ३७.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी