2026-11-01 05:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोहितको अर्धशतक र रमेशको पाँच विकेटमा एपीएफ विजयी

माघ ११, काठमाडौँ | कप्तान रोहित पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकोछ ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ र अमर राउटेला ८ रनमा नट आउट रहे । लोकेश बम १६ र प्रज्वल शाहीले ५ रनमा आउट भए । लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १-१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अल आउट भएको थियो । लुम्बिनीका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाएका थिए । ओपनर मिर्नल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे ।

विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रनमा आउट भए । प्रज्जवल थापा ११, मोहम्मद हुसेन ३, कृष्ण कार्की १, शुसान्त थापा २ रनमा आउट भए ।

एपीएफका बायाँ हाते स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए ।

उनको भैरहवामा जन्मथलो र घरेलु मैदान पनि हो । अर्का स्पिनर भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १–१ विकेट लिए ।

एपीएफ ६ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा छ । लुम्बिनी ५ खेलमा १ मा जित र ४ मा हारसहित नवौं स्थानमा छ । योसँगै भैरहवामा पिएमकपका खेलहरु सकिएका छन् ।

पुलिस ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । सुदूर ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी, बागमती र मधेशको समान ८ अंक भएपनि नेटरनरेटका कारण क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । शीर्ष दुई टोली प्रतियोगिताको फाइनल खेल्न पाउँछन् । प्रतियोगिता शीर्ष चार टोलीले इलिट ट्रफी खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय