2026-08-22 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया ८ विकेटले विजयी

माघ १९, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार मेलवर्न क्रिकेट मैदानमा सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो ।

वेस्टइन्डिजले दिएको २३२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३८.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा कप्तान स्टिभ स्मिथले सर्बाधिक ७९, क्यामरुन ग्रीनले ७७ र जोश इंगलिसले ६५ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ४८.४ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो । वेस्टइन्डिजका लागि किसी कार्टीले सर्बाधिक ८८ तथा रोस्टन चेजले ५९ रनको योगदान गरेका थिए । त्यस्तै अस्ट्रेलियाका बलर जेभियर बार्टलेटले सर्बाधिक ४ विकेट लिएका थिए ।  जेभियर अस्ट्रेलियाका लागि डेभ्यु खेलमै खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ भने अब सिरिजको दोस्रो खेल आइतबार सिड्नीमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो