2026-09-20 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ क्रिकेट टिमका खेलाडीले पाए ३ लाख, बक्सर सुष्मालाई ६ लाख

माघ २५, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागी भएको नेपाली टिमका खेलाडीले जनही ३ लाख पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आइतबार विश्वकप खेलेको टिमका खेलाडीलाई जनही ३ लाख प्रदान गरेको हो ।

कप्तान देव खनाल, दिपेश कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरालाई समान ३-३ लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मुख्य प्रशिक्षक जगत टमाटालाई २ लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १-१ लाख प्रदान गरिएको छ ।

यता एएसबीसी यू-२२ एसियन पुरुष तथा महिला बक्सिङ च्याम्पियनसीपमा रजत जितेकी सुष्मा तामाङलाई ६ लाख, कास्य जितेका हेमा राई, त्रिशा जबेगु र विजय बाटालाई जनही ३-३ लाख प्रदान गरिएको छ ।

बक्सिङका मुख्य प्रशिक्षक दिपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उनीहरूलाई उक्त पुरस्कार रकम हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो