२५ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्वार्टरफाइनलमा कुवेतलाई हराउन नेपालले ७४ रन बनाउनुपर्ने

२ फाल्गुन २०८०, बुधबार ०७:३४

फागुन २, काठमाडौँ | मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ । टस जिती पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको हो ।

कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएपछि कुवेता धरासायी बन्न पुगेको थियो । सीताले १२.२ ओभरमा प्रियादा मुरालीको विकेट लिइन् । कुवेतकी ओपनर प्रियादा मुरालीलाई सीताले २९ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेकी थिइन् । त्यतिबेला कुवेतले ५४ रन बनाएका थियो ।


त्यसपछि सीताल १२.३ ओभरमा कुवेतकी ब्याटर मारयम ओमरलाई पेभेलियन फर्काइन् । सीताले मारयम ओमरलाई खाता खोल्नुअघि नै काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । त्यसलगत्तै सीताले १२.४ ओभरमा कुवेतकी कप्तान अमना सरिफ तारिकको विकेट लिइन् । सीताले अमना सरिफ तारिकलाई पनि खाता खोल्नुअघि नै एलबीडब्लूको धरापमा पारेकी थिइन् ।

सीताले चार ओभरमा केवल ११ रन खर्चिएकी थिइन् । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा ३१ वर्षीया सीताले लिएको विकेट सँख्या ४८ पुगेको छ । उनले यही प्रतियोगितामा विकेट संख्या ५० पु¥याउने बलियो सम्भावना छ । नेपालका लागि कुविता कुँवर र रुविना क्षेत्रीले पनि दुई–दुई विकेट लिए । कविताले चार ओभरमा नौ र रुविनाले चार ओभरमा १० रन खर्चिए ।

कुवेतका दुई ब्याटर भने रन आउट भएका थिए । कुवेतका लागि ओपनर प्रियादा मुरालीले सर्वाधिक २९ रन बनाइन् । उनले ३३ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । सान्थी बालासुब्रमन्यम र खादिजा खलिलले १३–१३ रन जोडे । कुवेतका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतले अतिरिक्त रुपमा चार रन पाएको थियो ।  

नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ कर्णाली याक्सका विलियम बोसिस्टो बने ‘प्लेयर अफ द म्याच’ एनपिएल: कर्णाली याक्सको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई अब सिरियाको सत्ता कसको हातमा? विराटनगर किंग्सले भित्र्यायो नेदरल्याण्ड्सका एडवार्ड्सलाई पावर प्लेमा कर्णाली याक्सले २ विकेट गुमाएर बनायो २७ रन नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ ६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण पोखराले कर्णालीलाई दियो सामान्य १०४ रनको लक्ष्य, बोसिस्टो एक्लैले लिए ६ विकेट १५ औं ओभरको समाप्तिमा पोखराले ८ विकेट गुमाएर बनायो ९४ रन बीआरआई नेपालको हितमै छ : प्रचण्ड पोखराले गुमायो तेस्रो विकेट, भुर्तेल १० रनमा आउट सरकारले रविलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : कांग्रेसका सांसद शर्मा बेपत्ता बुढाथोकी एक सातापछि कावेली खोलामा मृत भेटिए पोखराले गुमायो दोस्रो विकेट, पावर प्लेमा जोड्यो ५२ रन रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रतिपक्षी दलका नेता बोल्नु बेठिक : गृहमन्त्री लेखक रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय: कांग्रेसका नेता शर्मा कर्णालीविरुद्ध पोखराले सुरुवातमा ब्याटिङ गर्ने